बस-दुर्व्यवहारविरुद्ध अभियान
हिमाल खबरपत्रिका (१०-१६ वैशाख, २०७४) बाट महिलाको स्वतन्त्र निजी ‘स्पेस’ को निर्माण अभियान सार्वजनिक यातायातबाट शुरु गरौं । मुलुकका महिला यतिविघ्न सार्वजनिक थलोमा एक्लै हिंड्ने चलन यसअघि थिएन । पूजाआजा, मेलापात, जात्रा र पर्वका बेला महिला घर बाहिर त निस्कने नै भए, तर एक्लै होइन; परिवार, साथी–सँगिनीको साथमा । सबै समुदायका महिला घरभित्रै गुम्सिएर गृहस्थी …