पाँचपोखरी: प्रगतिका ५ सूत्र
हिमाल खबरपत्रिका (१० मंसिर, २०७७) बाट) नबिथोलिएको ठाउँ छ, काठमाडौं नजिकै, जहाँको स्थानीय रहनसहन र पहाड हिंडाइ चढाइले बोलाइरहेछ। बिहानीपखको पाँचपोखरी, क्षितिजमा देखिने नेपालै ढाक्ने ‘दक्षिणएशियाली तुवाँलो’। राजधानी उपत्यकादेखि उत्तरपूर्व सिन्धुपाल्चोकको जुगल हिमाल शृंखलाको फेदैमा पर्छ, सिन्धुपाञ्चोकको पाँचपोखरी तीर्थस्थल — छेवैको हेलम्बु उत्तरको गोसाइँकुण्डका तालहरू जत्तिकै रमणीय, तर हिमाल भने अझै नजिक। …