Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

सामाजिक स्व–नियन्त्रणको एउटा प्रसंग

June 29, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ म‌ंसीर २०५६) बाट

सञ्चारको पनि जिम्मा लिनुभएका गृहमन्त्री पूर्णबहादुर खड्काको सिंहदरबार कक्षमा केही साताअघि बोलाइएका उपत्यकाका एफ.एम्. रेडियोका हाकिमहरूलाई सरकारको तर्फबाट उच्छृङ्खल नहुने र राजनीतिक समाचार प्रसारण गर्ने विषयमा संयम र अझ् राम्ररी स्व–नियन्त्रण गर्नुपर्ने सुझव दिइएको थियो । यो सुझव निश्चय पनि उपयुक्त थियो, तथापि एफ.एम्. रेडियोहरू र खासगरी यो पङ्क्तिकार पनि सम्बद्ध रहेको रेडियो सगरमाथाले त्यो विषयमा राम्रै दायित्व निर्वाह गर्दै आएका छन् । तर पूर्ण सरकारी स्वामित्वमा रहेको रेडियो नेपालको एउटा हालैको कार्यक्रम सुन्दा चाहिँ दायित्व निर्वाह गर्ने काम त अरूको भन्दा त्यसका निर्देशक र सञ्चालकहरूको बढी रहेछ जस्तो लाग्यो । यो भन्ने खाँचो एउटा कार्यक्रमको आधारमा मात्र भए पनि भन्नैपर्ने जस्तो मलाई लाग्दछ, किनकि यस्ता कार्यक्रमहरू रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट देशभरि फैलाउँदाखेरिको असर समाजमा नराम्रो र दिगो पर्न जान्छ ।

– कार्यक्रम– “घटना र विचार”

– दिन– ३० असोज, महाअष्टमी राति ।

तात्तातो समाचार दिनको लागि छिटोछिटो बोल्ने घटना र विचार को शैली धेरै वर्षको विकृति र फेरबदलिँदो राजनीतिकरणले खोक्रो तुल्याइसकेको छ । तैपनि यसले अधिकांश समय सत्तासीनको पूजा गर्छ भन्ने कुरा राजनीतिज्ञ र आम स्रोता दुबैले राम्ररी बुझ्सिकेको हुनाले जब जब यो कार्यक्रममा पट्यारलाग्दो र दलगत राजनीतिक कुरा पेश हुन्छ, सबैले कान थुनेर टार्ने गरेका छन् ।

तर समाजशास्त्र नपढेका–नबुझ्ेका, अपरिपक्व हुँदाहुँदै अहंले भरिपूर्ण उद्घोषकहरू राष्ट्रको सम्पत्तिको रूपमा रहेको देशभरि जाने सर्टवेभ र मिडिएम वेभ फ्रिक्वेन्सीको कुप्रयोग गरेर जब सामाजिक हिसाबले अत्यन्त संवेदनशील विषयहरूमा बाठो हुन्छन्, त्यस्तो बेला चुप लागेर बस्नुहुँदैन ।

सो रातको कार्यक्रममा प्रस्तुतकर्ताको भन्न के थियो भने देशले हर्षोल्लासका साथ नेपाली मात्रको हिन्दू चाड मनाइरहेको बेलामा केही ‘किराँत’ मूलका व्यक्तिहरूले दशैँ बहिष्कार गर्ने नचाहिँदो कुरा अगाडि ल्याइरहेछन् । त्यसपछि सारा किराँतको प्रतिनिधित्व गर्ने जस्तो गरेर घटना र विचार ले स्वामी प्रपन्नाचार्यलाई अगाडि सा¥यो, जसले सबै किराँतले दशैँ मान्दै आएको कुरा पेश गर्नुभयो ।

यो सब कुरा आफैँमा आश्चर्यजनक थिएन, किनभने दशैँ बहिष्कार गर्ने र त्यसको खिलाफमा बोल्ने दुबै तर्फबाट अतिवादी र एकोहोरो विचारधाराहरू सुन्दै आएको धेरै भइसक्यो । आश्चर्य र निन्दनीय पक्ष त के थियो भने सम्पूर्ण जनताको सम्पत्ति रहेको रेडियो नेपालको सो प्रसारणमा गरिएको, संवेदनशील सामाजिक÷ राजनीतिक विषयको त्यो प्रस्तुति एकतर्फी र संयमरहित थियो ।

निजी क्षेत्रका अखबार र व्यक्तिविशेषले यस्ता विषयमा आफ्नो एकतर्फी धारणा अगाडि सार्न अवश्य पाउँछन्, तर सार्वजनिक स्वामित्व भएको ‘एयरवेभ’ मा र त्यो पनि राज्य र सत्ताको लागि बोल्ने कार्यक्रमले यस्तो क्षेत्रमा हात हाल्नुहुँदैन ।

घटना र विचार कार्यक्रमलाई जोशिलो खोजपूर्ण र विश्लेषणात्मक कार्यक्रम बनाउनु छ भने हाम्रो रेडियो, टेलिभिजन र प्रेस पत्रकारिताले छुँदै नछोएको अनगिन्ती विधा र विषयमा कार्यक्रम बनाउन ‘टपिक’ हरू हाजिर छन् । अरू सामाजिक पक्षलाई चाहिँ नछुने, तर देशको जनताको कुनै न कुनै सचेत अंशको मुटु नै छुने यस्तो सामग्री पेश गरेर सामाजिक लाभ पक्कै हुँदैन ।

धेरैले भन्दै आएजस्तै, दशैँ धेरैको धार्मिक चाड हो, तर बाँकी जसको संस्कारमा दशैँ पटक्कै पर्दैन (यस्ता नेपालीहरू पनि लाखौँ छन् नै) उनीहरूले यसको सांस्कृतिक पक्ष हेरेर ‘नेपाली चाड’ मानिदिए केही बिग्रँदैन । तर दशैँ सबैले मान्नैपर्छ भन्नेहरूबाट मध्य पहाडको पर्वते दशैँको मात्र वकालत भइरहेको हुन्छ जबकि ठाउँठाउँ, जातजाति, मधेश, पहाड र उच्च पहाडमा सबैले एकै किसिमले दशैँ मनाउँछन् भन्न मिल्दैन । यस्तै नेपाली मात्रको हिन्दू चाड किन भनिरहनुप¥यो (जुन भन्ने गरिन्छ), जबकि तथ्याङ्कले तथ्य बताउँछ कि अहिन्दू नेपालीहरू पनि यही मुलुकमा छन् । पाँचै प्रतिशत नेपाली हिन्दू नभए पनि, गणनाको नियम अनुसार दशैँलाई सबै नेपालीको चाड भन्न मिल्दैन । बरु भविष्यको लागि दशैँ र यस्ता अरू चाड पर्वहरूलाई सरकारी र गैर सरकारी माध्यमहरूले नेपालको रमाइलो चाड मात्र भने राम्रो होला ।

प्रजातान्त्रिक समाजमा संवेदनशील शब्दावलीको प्रयोगमा अझ् सचेत र उत्तरदायी हुनु आवश्यक छ । रेडियो नेपालको देशभरि पुग्ने घटना र विचार जस्तो कार्यक्रमको सो दिनको विचारविहीन, देशको इतिहास केलाउन सक्षम नभएको, रुखो स्वरको धनी ती प्रस्तुतकर्तालाई माइक थमाई अनियन्त्रित रूपमा आफूखुशी र जथाभावी बोल्न दिएर कार्यक्रम म्यानेजर र निर्देशकहरूले ठूलो भूल गरेको मान्नु पर्छ । यो त एउटा नमूना मात्र हो, यस्तो नमूना रेडियो नेपालकै अरू कार्यक्रममा र अरू खाले पत्रकारितामा पक्कै छन् जहाँ प्रस्तुत कर्ता या लेखकले देश र जनताको वास्तविकता नबुझ्ी रचना पेश गर्ने गर्छन् ।

रेडियो लगायत सूचना तथा सञ्चार मन्त्रालयदेखि उत्तरदायी ओहोदामा पुगेका कुनै पनि राजनीतिज्ञ, नोकरशाह आदिहरू सम्मले बुझनुपर्ने कुरा अहिले निर्धक्कसँग उन्मत्त भएर अरूको विचारलाई पर्वाह नगरी अगाडि हिँड्ने हो भने भोलि अनेकौँ सामाजिक समस्याको भुमरीमा देश अल्झ्नि जाँदा त्यतिबेला समाजशास्त्री र इतिहासकारहरूले पछाडि हेरेर वि.सं. पचासको दशकको नेपाल हाँक्ने व्यक्ति र व्यक्तित्वलाई धिक्कार्नेछन् ।

Post navigation

Previous Post:

Gods in Exile

Next Post:

राजाको नयाँ ‘रोल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes