हिमाल खबरपत्रिका (१६-२९ माघ २०६७) बाट
बर्मामा खटिएका तीन नेपाली हस्तीहरुको ज्ञान, अनुभव र सीप जन्मभूमि नेपालले प्रयोग गर्न पाउनुपर्छ। उनीहरू फर्किंदा समाज र मुलुकले प्रफुल्ल भएर स्वागत गर्नेमा कुनै शङ्का छैन।
काठमाडौं, कोटेश्वरका विश्व पराजुली र न्ह्योखाका रमेशमान श्रेष्ठ तथा धादिङका भाइराजा पाण्डे यतिवेला विकासका जल्दाबल्दा चुनौती र चरम भूराजनीतिक संवेदनशीलतामाझ् रहेको बर्माको पूर्व राजधानी रङ्गुन शहरमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख छन् । पराजुली संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को तर्फबाट बर्माका लागि सबै राष्ट्रसंघीय नियोगहरूको संयोजन तथा नेतृत्व गर्ने ‘रेसिडेन्ट् कु–ओर्डिनेटर’ हुन् भने श्रेष्ठ बालबच्चा तथा महिला उत्थानको काम गर्ने युनिसेफका प्रमुख, अनि पाण्डे शरणार्थी हेरचाह गर्ने युएनएचसीआरका प्रमुख ।
साढे पाँच करोड जनसङ्ख्या भएको बर्मा बडो विरोधाभासपूर्ण अवस्थामा छ— तेल, ग्यासलगायत विभिन्न खनिज, बहुमूल्य पत्थर र वनजङ्गलजस्ता सम्पदामा सम्पन्न तर शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय विकासका मापदण्डमा पछाडि । जनता चरम गरिबीमा पिल्सिएका छन् र अझ्ै काठको पाङ्ग्रा भएको गोरुगाडा चलाउँछन् । सन् २००८ मा आएको ‘नर्गिस’ नामको भीषण समुद्री आँधीले यहाँ एक लाख भन्दा बढीको ज्यान लियो, जबकि छिमेकी बङ्गलादेश यस्ता प्रकोपको सामना गर्न सक्षम भइसक्यो ।
बर्माका सम्भावनालाई उसको वर्तमानले गिज्याइरहेछ । जनताले खुला समाजमा आफ्नो बाटो पहिल्याउन सक्ने अवस्था छैन । यहाँ सैनिक शासन छ, थान श्वे नामक अधिनायकका साथ पाँच जना रथीले मुलुक चलाएका छन् । दुई दशकभन्दा बढी नजरबन्द रहेकी बर्माकी नेतृ, नोबेल पुरस्कार विजेता आङ साङ सुची भर्खरै रिहा भएकी छन्, तर गएको नोभेम्बरको चुनाव रत्तिभर पनि स्वतन्त्र र निष्पक्ष भएन । सैनिक जुन्ताको इसाराअनुसारकै परिणाम आएको सो निर्वाचनमा आफ्नो वर्चस्व कायम गर्न सफल शासक वर्गले मुख्यतः विभिन्न जातीय विखण्डनकारी अभियान र पश्चिमा मुलुकहरूको हस्तक्षेपको खतरा देखाएर उग्रराष्ट्रवादको तथा आफूलाई एकदमै बौद्धमार्गी देखाएर धर्मको प्रयोग गरेको थियो ।
धनी र गरिब, अधिनायकत्वको पकडमा रहेको अनि दक्षिण र दक्षिणपूर्वी एसियाबीचको महŒवपूर्ण भूराजनीतिक क्षेत्र ओगटेको मुलुक बर्मा (नयाँ नाम ‘म्यानमार’) मा खटिएका छन् तीन नेपाली हस्ती । चीन, रूस, आसियान र भारतको समेत आड पाएको जुन्ताले पश्चिमा मूलका मानिसलाई हत्पत्ति अन्तर्राष्ट्रिय नियोगका प्रमुख स्वीकार्न चाहँदो रहेनछ । अर्कोतिर, शाक्यमुनि बुद्धको जन्मस्थल भएको र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले बर्माको स्वतन्त्रता बचाउन सघाएकाले बर्मेलीहरू नेपालीलाई बडो सौहार्दताका साथ हेर्दा रहेछन् । बर्मामा उल्लेख्य सङ्ख्यामा रैथाने नेपाली भएका कारण पनि नयाँ राजधानी ‘ने ति प’ का अधिकारीहरू अन्तर्राष्ट्रिय संस्थाद्वारा मनोनीत नियोग प्रमुखमा नेपालीको ‘एग्रिमो’ परिपत्र सहर्ष स्वीकार्दा रहेछन् ।
– विश्व पराजुली
चार दशकअघि त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार हुँदा कोटेश्वर सरेको पराजुली परिवारका आठ दाजुभाइ–दिदीबहिनीमध्ये जेठा स्वर्गीय पत्रकार मुकुन्द पराजुली थिए भने कान्छा विश्व । पद्मोदय स्कूल र पाटन क्याम्पस हुँदै भारतबाट कृषि र व्यवस्थापन विशेषज्ञ बनेर कृषिविज्ञ रामप्रकाश यादवको निर्देशनमा कृषि आयोजना सेवा केन्द्र (एप्रोस) मा काम थालेका उनले सन् १९८२ मा दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा पहिलो अन्तर्राष्ट्रिय जिम्मेवारी प्राप्त गरे, ‘युएन भोलुन्टिर’ को । त्यसपछि २३ वर्ष उनको करिअर विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा बित्यो ।
सुडानको आन्तरिक कलहमाझ् जनतालाई खाद्यान्न र राहत पु¥याउन इटालीको रोममा खटिए, भर्खर द्वन्द्व समाप्त भएको दक्षिण अफ्रिकाको मोजाम्बिकमा २० लाख विस्थापित तथा पूर्व विद्रोही ‘रेनामो’ को व्यवस्थापन र पुनस्र्थापनामा लागे । डब्लुएफपीको सबैभन्दा ठूलो कार्यक्रम भएको बङ्गलादेशमा ‘ब्राक’, ‘ग्रामिन’ र ‘प्रोशिका’ जस्ता ‘मेगा–एनजिओ’ तथा ‘माइक्रो–क्रेडिट’ र ग्रामीण सडकका काममा संलग्न भए । ढाकामा तीन वर्ष खटिएपछि चार वर्ष इन्डोनेसियामा शहरी गरिबलाई सहयोग पु¥याउने कार्यक्रम चलाए । डब्लुएफपीको ‘कन्ट्री चिफ’ हुन इजिप्टको काइरो पुगे र संसारकै सबैभन्दा ठूलो विपन्नका लागि ‘सेफ्टीनेट’ सञ्चालनको अनुभव बटुले । गरिबलाई सुपथ मूल्यमा रोटी उपलब्ध गराउने सरकारको कार्यक्रमलाई सघाउन गहुँमा ‘माइक्रो न्युट्रिएण्ट’ पोषण थप्ने योजना बनाए । इजिप्टको काममा उत्कृष्ट सिर्जनाका लागि सन् २००६ मा डब्लुएफपी रोमले पराजुलीलाई सम्मान ग¥यो ।
डब्लुएफपीका प्रतिनिधि पराजुली २००८ मा राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रूपमा बर्मामा खटाइए । पश्चिमा देशहरूले लगाएको नाकाबन्दी तथा भूराजनीतिक कारणले समेत संवेदनशील बर्मामा यो पद सम्हाल्नुअघि ने ति प सरकारले उनका पूर्ववर्ती पदाधिकारीलाई ‘पर्सना ननग्राटा’ घोषित गरी देश छोड्न लगाएको थियो । कार्यभार सम्हाल्न नपाउँदै पराजुलीले मे २००८ को समुद्री आँधी ‘नर्गिस’ मा उद्धार र राहतको मानवीय कार्यमा लाग्नुप¥यो, त्यसलगत्तै र गत वर्ष महासचिव वान की मुनको भ्रमण सञ्चालन गर्नुप¥यो भने संयुक्त राष्ट्रसंघको विकास कार्य, मानवीय सहयोग तथा राजनीतिक पक्ष तीनै क्षेत्रमा कार्यभार सम्हाल्नु परेको छ ।
पराजुलीको कार्य चार पदमा बाँडिएको छः मानवीय संयोजक, युएन संस्थाहरूको संयोजक, युएनडीपीको प्रतिनिधि तथा महासचिव वान की मुनको राजनीतिक ‘गुड अफिसेस्’ कार्यान्वयन प्रतिनिधि । सत्ताका मुख्य पात्रहरूसँग पश्चिमा राजदूतहरूको न्यून पहुँच भएको अवस्थामा पराजुली सबैका लागि महŒवपूर्ण माध्यम बन्ने गरेका छन् । नोभेम्बरको चुनावलगत्तै र आङ साङ सुचीको रिहाइअघि न्युयोर्क मुख्यालयबाट आएका उच्च पदाधिकारी इब्राहिम गाम्बारी र त्यसपछि सतिस नाम्बियारसँग सत्ताध्यक्ष थान श्वेको उच्चस्तरीय भेटमा उनको पनि संलग्नता थियो । सुचीको रिहाइपछि पराजुली विकाससम्बन्धी छलफलका लागि उनको निवास पनि पुगेका थिए ।
बर्मामा तीनै ठूला युएन संस्थाका प्रतिनिधि नेपाली भएकाले अप्ठेरो अवस्थामा राजनीतिक, विकास तथा मानवीय सहयोग तीनै क्षेत्रमा काम गर्न सजिलो भएको बताउँछन्, ५४ वर्षका पराजुली । “पाण्डेजी र रमेशजी जस्ता सहकर्मी हुँदा संयुक्त राष्ट्रसंघकै क्रियाकलापमा राम्रो प्रभाव परेको छ । हामी एकापसमा सौहार्दतासहित बहस र सूचना आदान–प्रदान गर्छौं र जटिल विषयहरूबारे निष्कर्ष निकाल्छौं ।”
– भाइराजा पाण्डे
धादिङका भाइराजा पाण्डेले दिल्ली विश्वविद्यालयबाट कानुन पढेपछि काठमाडौंको नेपाल ल क्याम्पसमा पढाए अनि अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयबाट ‘एलएलएम’ गरे । त्यसपछि सन् १९८३ मा राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरमा सम्मिलित पाण्डे संसारका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेर आफ्नो करिअरको अन्तिम ‘एसाइन्मेन्ट’ मा बर्मा आएका हुन् । पाण्डेको अनुभव द्वन्द्वग्रस्त जनमानस र विशेषगरी शरणार्थीको राहतमा छ ।
युएनएचसीआरमा झ्ण्डै तीन दशक काम गर्दा विश्वका डरलाग्दा ‘हट स्पट’ मा खटिएका पाण्डे मुजाहिद्दीनले अफगानिस्तानमा सोभियत युनियन विरुद्ध लडाईं छेड्दा सन् १९८५ मा पेशावरमा थिए भने त्यसलगत्तै दुई वर्ष सोमालिया, एक वर्ष इरान अनि सिरिया र इजिप्टमा खटिए । इरानले अफगानिस्तानी शरणार्थी फिर्ता धकेल्न खोज्दैथियो, उता इराकमा अमेरिकी आक्रमण (पहिलो ‘गल्फ युद्ध’) का कारण सिरियाली राजधानी दमास्कसमा इराकी शरणार्थी ओइरिए । इजिप्टमा हुँदा दक्षिण सुडानका शरणार्थीको रेखदेखको जिम्मा पाएका पाण्डेले कङ्गो, लिविया, इजिप्ट, इथिओपिया र केन्यामा छरिएका ती शरणार्थीलाई गृहयुद्धको अन्त्यपछि घर फर्काउने काम पनि गर्नु प¥यो । एक महिनाअघि जनमत सङ्ग्रहमा दक्षिण सुडानले स्वतन्त्र हुने निर्णय लिएको छ ।
५८ वर्षीय पाण्डे चेच्निया अपरेसन प्रमुख हुँदाको अनुभवलाई सबैभन्दा महŒवपूर्ण मान्दछन् । चेच्नियाले रसियाबाट स्वतन्त्र हुन खोजेकाले त्यस क्षेत्रमा ठूलो तनाव थियो, रूसी फौजी कारबाहीमाझ् महिला र बालबच्चा बढी जोखिममा थिए । पाण्डेअघिका युएनएचसीआर अधिकारी ११ महिना अपहरणमा परेका थिए । पछिल्ला केही वर्ष दक्षिणपूर्व एसियामा बिताएका पाण्डेले ब्याङ्कक्मा रहँदा लाओस्, कम्बोडिया र भियतनाममा शरणार्थी रेखदेख गर्ने र बर्माको पृथकतावादी विद्रोहबाट थाइल्यान्ड पुगेका केरेन तथा केरेनेनी शरणार्थीलाई राहत पु¥याउने काम गरे । रङ्गुन आएपछि बर्मा भित्रैबाट यो शरणार्थी समस्या सल्ट्याउने जिम्मेवारी आएको छ । अधिकांश बर्मेली बौद्धमार्गी र धेरै इसाई पनि छन् । उत्तर पश्चिम बर्माका मुसलमान जाति रोहिङ्गयालाई अपनाउन बर्मेली सत्तालाई गाह्रो परेकाले त्यहाँ उत्पन्न शरणार्थी समस्या सुल्झउने प्रयासमा पनि पाण्डे लागेका छन् ।
बर्मामा कूटनीतिको एउटा अनौठो पाटो छ— ‘गोल्फ डिप्लोमेसी’ । यहाँका सत्ताधारी जनरलहरू सबै गोल्फ खेल्ने र जङ्गलको बीचमा बनेको राजधानी ने ति प मा धेरैजसो कूटनीतिक सम्पर्क बाहिर रहने हुनाले यो खेलको महŒव धेरै छ, बर्मामा । विश्व पराजुली र भाइराजा पाण्डे दुवै गोल्फ खेल्दै सरकारको नेतृत्वसँग महŒवपूर्ण विषयमा वार्ता गर्छन् । पाण्डेको त गोल्फमा पनि राम्रै हात बसेको छ । बर्मेली स्वतन्त्रता दिवसको अवसरमा ने ति प मा सरकारद्वारा आयोजित उच्च अधिकारी–कूटनीतिज्ञ टुर्नामेन्टमा पाण्डे हरेक ‘क्याटोगरी’ मा पहिला भएका थिए ।
“म्यानमारमा तीन महŒवपूर्ण युएन संस्थाका प्रमुख नेपाली भएकाले बर्मेली जनताका लागि काम गर्न सजिलो भएको छ”, पाण्डे भन्छन्, “विश्वजीलाई राजनीतिक तथा कूटनीतिक अभिभारा बढी छ भने बालबच्चा तथा महिलामा केन्द्रित काम गर्ने रमेशजीको बजेट ठूलो छ । मेरो काम नितान्त मानवीय राहतमा केन्द्रित छ । रमेशजी र मेरो उपस्थितिका कारण विश्वजीको समन्वयकर्ताको काम सजिलो भएजस्तो लाग्छ ।”
– रमेशमान श्रेष्ठ
५८ वर्षीय रमेशमान श्रेष्ठले आनन्दकुटीबाट स्कूल, अस्कलबाट बीएस्सी अनि भारत, हल्यान्ड र इजरायलमा जनस्वास्थ्य, मानवशास्त्र तथा ह्युमन न्युट्रिसनको पढाइ गरे । त्रिभुवन विश्वविद्यालयको अनुसन्धान विभागमा काम गर्दा ४८ जिल्ला घुमेका उनको इन्स्टिच्युट अफ मेडिसिनका विद्यार्थीलाई फिल्ड ट्रिपमा लैजाँदा जनस्वास्थ्यमा चाख बढ्यो ।
काठमाडौंमा सन् १९८२ मा युनिसेफसँग आवद्ध भएर चार वर्षपछि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न पुगेका श्रेष्ठले उक्त संस्थामा २५ वर्ष बिताएका छन् । शुरुमा स्वास्थ्य तथा न्युट्रिसनको प्रमुख भएर दक्षिण अफ्रिकी मुलुक मालावीमा काम गरे र त्यसपछि बालसुरक्षाका लागि भियतनाम खटिए । त्यतिवेला युनिसेफमा वरिष्ठ पद सम्हालेका कुलचन्द्र गौतम (हे. बक्स) सामु एउटा प्रस्तुति गरेको उनी अहिले पनि सम्झ्न्छन् । सन् १९९४ मा माल्दिब्सको लागि युनिसेफ प्रमुख भएर पहिलो गल्फ युद्धताका १९९७ मा उत्तरी इराकको कुर्द समुदायलाई सहयोग गर्न अर्बिल शहरमा दुई वर्ष काम गरे । अफ्रिकामा युनिसेफको घाना तथा यमन अफिसको प्रमुखहुँदै अहिले अन्तिम ‘असाइन्मेन्ट’ मा रङ्गुनमा छन् । बर्मा आएपछिको नौलो अनुभवबारे उनी भन्छन्, “म्यानमारमा तीनवटा युएन संस्थाका प्रमुख नेपाली छौं, यस्तो मैले कतै पाएको थिइनँ । हामी तीन जनाको स्वभाव फरक छ, तर हामी एकअर्कालाई विश्वास गर्छौं भने यहाँका सरकारी पक्षसँग पनि विश्वासको वातावरण बनाउन सफल भएका छौं ।”
हुन पनि तीनैजना नेपाली हाकिमको स्वभाव विल्कुलै अलग छ । अग्ला कदका स्पोर्टस्म्यान पाण्डे हरदम जिस्किरहन्छन्, चुपचाप रहने खालका श्रेष्ठ भेटघाटमा अलिबेरपछि मात्र खुल्छन् भने पराजुली सबैलाई मद्दत गर्न अग्रसर र मिजासिला छन् । सबै नेपाली हाकिमका श्रीमती (मीना पाण्डे, मञ्जु श्रेष्ठ र कल्पना पराजुली) ले उनीहरूलाई सामाजिक र पारिवारिक रूपले टेवा दिएका छन्, नत्र हरेक दुई–चार वर्षमा ड्युटी स्टेसन फेर्नुपर्ने पेशामा परिवारसामु चुनौतीहरू त हुन्छन् नै ।
नेपालको कमजोर शिक्षा अवस्थालाई झ्ेलेर पनि नेपालीहरू कसरी यस्तो अन्तर्राष्ट्रियस्तरको व्यावसायिक हुन पुगेका हुन् भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, “हाम्रा स्कूलहरूले जीवनको लागि धेरै तयारी गरिदिन सक्दैनन् । किताबमा पढेको कुरा आफैं बुझन र जीवनमा उतार्न कोशिश गर्नुपर्छ, जोखिम मोल्न तयार हुनुपर्छ ।” बर्मा र अन्यत्र पनि आफूले औपचारिक–अनौपचारिक हिसाबले पढेका÷बुझ्ेका कुरा प्रयोगमा ल्याउन खोजेका श्रेष्ठ थप्छन्, “पठनपाठन भनेको विश्लेषणात्मक चिन्तनलाई सहयोग दिने खालको हुनुपर्छ । मैले विकास विशेषज्ञको रूपमा आफ्नो ज्ञान अरूलाई हेरेर, बुझ्ेर पाएको हुँ ।”
बर्माका यी तीन ‘इन्टरनेसनल सिभिल सर्भेन्टस्’ को सफलतालाई एउटै सूत्रले बाँधेको देखिन्छ— आफूलाई आफैंले सपार्ने अठोट । उपत्यका र जिल्लाका मध्यमवर्गीय परिवारबाट आएर, मुलुकभित्रकै स्कूल–कलेजमा पढेर पनि उनीहरूले ‘सेल्फ स्टडी’ गर्दै आ–आफ्नो विशेषज्ञता पहिल्याए— पराजुलीले कृषि र व्यवस्थापन, श्रेष्ठले स्वास्थ्य र पोषण अनि पाण्डेले अन्तर्राष्ट्रिय कानुन तथा मानव सुरक्षा ।
अवकाशपछिको उपयोग
पाण्डे र श्रेष्ठ अवकाशको उमेरमा पुगेका छन्, पराजुलीको केही वर्ष बाँकी छ । बर्माका यी हस्तीहरूको ज्ञान, अनुभव र सीप जन्मभूमि नेपालले प्रयोग गर्न पाउनुपर्छ । दशकौंदेखि दक्ष युवाशक्ति पलायन हुन थालेको र बौद्धिक तथा व्यावसायिक क्षेत्रमा खडेरी पर्दै आएको नेपाललाई थोरै कर्मठ र क्षमतावान् व्यक्ति फर्कंदा पनि धेरै हुनेछ । अन्तर्राष्ट्रिय अवस्था र तौरतरिका बुझ्ेका श्रेष्ठ, पाण्डे र पराजुली जस्ता देशको लागि योगदान गर्न सक्ने र चाहना राख्ने हजारौं क्षमतावान् नेपाली विश्वभरि छन्, जसको क्रियाशीलताले देशको अर्थतन्त्र, भूराजनीति, सामाजिक उत्थान, विकास निर्माण– हरेक क्षेत्रमा राम्रो प्रभाव पार्नेछ । अवकाश भएपछि होस् या नहुँदै; उनीहरू फर्किंदा समाज र मुलुकले प्रफुल्ल भएर स्वागत गर्नेमा कुनै शङ्का छैन ।
कुलचन्द्र गौतम अब्बल उदाहरण
संयुक्त राष्ट्रसंघमा सहायक महासचिवसम्मको उच्च पदमा पुगेर अवकाश पाएका कुलचन्द्र गौतम साढे तीन दशकको सेवापछि २०६४ सालमा काठमाडौं फर्केर शान्ति प्रक्रियासम्बन्धी विभिन्न काममा जुटे । यसैबीच माधवकुमार नेपालको सरकारले संयुक्त राष्ट्रसंघको ६६ औं महासभा (जेनरल एसेम्बली) को अध्यक्षको लागि उनको नाम अगाडि सारेको छ । संसारकै संसद् मानिने उक्त महासभाको काम वर्षभरि रहन्छ र गौतमलाई मनोनीत गरिएको सन् २०११–२०१२ को अधिवेशनलाई हो ।
संयुक्त राष्ट्रसंघका सीमित सदस्य रहने सुरक्षा परिषद्लाई जस्तो अधिकार सबै (१९२) सदस्य रहने महासभालाई नभए पनि यसको ‘मोरल अथरिटी’ उच्चतम मानिन्छ । मुख्यतः सेप्टेम्बर–डिसेम्बरमा हुने यसको वार्षिक अधिवेशनमा विश्वसामु विद्यमान महŒवपूर्ण राजनीतिकदेखि आर्थिक, सामाजिक, वातावरणीय आदि विषयमा बहस हुन्छ । महासभाको अध्यक्षमा शान्ति–सुरक्षासम्बन्धी तत्कालिक विषयमा धेरै भूमिका नभए पनि चुनिने व्यक्तिको क्षमता तथा अन्तर्राष्ट्रिय ग्राह्यताले ती विषयमा क्रियाशील बन्ने सम्भावना प्रदान गर्दछ । अन्तर्राष्ट्रिय विकास र भूराजनीतिमा कुलचन्द्र गौतमको दक्खल तथा नेपाल जस्तो ‘न्युट्रल’ सदस्य राष्ट्रको नागरिक हुनुले उनको अध्यक्षता प्रभावकारी हुने सम्भावना छ ।
बितेका ५० वर्षमा गौतम जस्तो अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक दक्षता भएको उम्मेदवार नेपालको तर्फबाट आउन सक्ने सम्भावना थिएन । झ्ण्डै ३५ वर्षसम्म बालबालिका तथा महिला हित संरक्षणको काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफमा कार्यरत कुलचन्द्र डेपुटी डाइरेक्टरको रूपमा संस्थाको कार्यक्रम तथा योजना प्रमुख रहे । राष्ट्रसंघको ‘एसिस्टेन्ट सेक्रेटरी जेनरल’ को पद सम्हालेका गौतम अन्तर्राष्ट्रिय सिभिल सर्भिस्को उच्चतम पदमा पुग्ने नेपाली नागरिक हुन् ।
महासभाको अध्यक्षमा नेपालको उम्मेदवारीको औचित्य निर्विवाद छ । सन् १९५५ देखि संरासंघको कटिबद्ध सदस्य रहँदै आएको नेपालले करिब ४० क्षेत्रमा शान्ति सेना पठाएर राष्ट्रसंघको काममा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । अति विपन्न राष्ट्रहरूबाट संरासंघको कुनै संस्था प्रमुख विरलै चुनिने सन्दर्भमा पनि नेपालको उम्मेदवारी उचित छ । यसपालि एसियाको अध्यक्ष चुनिने पालो भएको र यसअघि मलेसिया (१९९६), दक्षिण कोरिया (२००१) र बहराइन (२००६) ले अवसर पाइसकेकाले अब दक्षिणएसियाको हुनुपर्ने नेपालको दाबी छ । सार्क राष्ट्रमध्ये सबैभन्दा लामो समय संरासंघको सदस्य भएको नेपालले अहिलेसम्म यो पदमा आफ्नो नागरिक पठाउन पाएको छैन । भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानले उक्त पदको अनुभव लिइसकेका छन् ।
नेपालसँग प्रतिस्पर्धामा एकमात्र राष्ट्र मैदानमा छ— कतार । कतारले न्युयोर्कमै तैनाथ आफ्नो स्थायी प्रतिनिधिलाई उम्मेदवार नियुक्त गरेको छ । ओलम्पिक्सदेखि अन्तर्राष्ट्रिय विद्युतीय प्रसारणसम्मका विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा कमाउन लागिपरेको कतारको पेट्रोडलरद्वारा अन्तर्राष्ट्रिय कदर हासिल गर्ने चाहना आफैंमा जायज छ भने राष्ट्रसंघीय मामिलामा भूमिका र उम्मेदवारको वजनका कारण नेपालको सम्भावना बढी रहेको मानिन्छ । भारतका प्रधानमन्त्रीले औपचारिक पत्रसहित कुलचन्द्र गौतमको उम्मेदवारीप्रति समर्थन जनाइसकेका छन् भने दक्षिण कोरियाले पनि समर्थन गरेको थाहा भएको छ । जापान, चीन, अमेरिकालगायत पश्चिमा मुलुकहरू पनि सकारात्मक रहेको बुझ्एिको छ ।
संयुक्त राष्ट्रसंघका जानकार पत्रकारहरूको अनुमानमा आजको दिन ‘क्लोस्ड व्यालट’ (गोप्य मत) को आधारमा मतदान हुने हो भने करिब ६०–४० प्रतिशतको आधारमा नेपालको उम्मेदवारले जित्ने सम्भावना छ । तर, गोप्य मत नहुने हो र चुनावी अभियानमा धेरै राशी खर्च गर्न सक्ने कतारलाई समय बढी दिने हो भने प्रतिस्पर्धा अलि तीव्र हुने सम्भावना छ । विशेषगरी इस्लामिक राष्ट्रहरूको संस्था ‘ओईसी’ का सदस्य तथा अफ्रिका र पश्चिम एसियाका केही अरब मुलुक नेपाललाई मत दिन चाहँदाचाहँदै पनि खुला प्रक्रियामा कतारलाई दिनुपर्ने बाध्यतामा हुनेछन् । उता कतारबाट दिइने विकास सहयोगका कारण पनि केही मुलुकले नेपाललाई बिर्सने सम्भावना छ । नेपालको परिस्थिति बलियो हुनुको अर्को कारण यसअघि २००६ को महासभा अध्यक्ष पनि अरब राष्ट्र (बहराइन) कै हुनु मानिन्छ । नेपालको आफ्नै मौलिक शान्ति प्रक्रिया केही कमजोर देखिए पनि नेपाली अनुभवलाई अन्यत्र राम्रो मूल्याङ्कन गरिएको छ । २००७ देखिको आफ्नो पूरै आधुनिक युग अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्य रहिआएको तर कुनै प्रभावशाली पद नपाएको मुलुकको रूपमा नेपाललाई लिइएको छ ।
नेपालभित्रकै कुरा गर्ने हो भने नेपालीले कुनै राम्रो पदको आकाङ्क्षा राख्दा खुट्टा तान्ने प्रवृत्ति पहिलेदेखिकै हो । हवाई दुर्घटनामा महासचिव ड्याग् ह्यामश्लिडको मरणपछि सन् १९५८ मा नेपाली कूटनीतिज्ञ हृषीकेश शाहलाई युएन महासचिव हुने प्रस्ताव आएको थियो तर उतिवेला राजा महेन्द्रलाई रुचिकर लागेन । अन्य ठूला–साना अन्तर्राष्ट्रिय पद नेपालभित्रकै प्रतिस्पर्धीबीचको खिचातानीको कारण तुहिन गएका उदाहरण धेरै छन् । कुलचन्द्र गौतम अन्तर्राष्ट्रिय विकासक्रमका एक आर्किटेक्ट हुन्, जसको योगदान सहस्राब्दी विकास लक्ष्यको निर्माणमा समेत थियो । दशकौंका लागि अन्तर्राष्ट्रिय नीतिनिर्माणको तहमा रहेका उनी संयुक्त राष्ट्रसंघका विभिन्न अन्तर्राष्ट्रिय क्रियाकलापको जानकार मात्र होइन, तिनलाई परिभाषित गर्नेमा समेत सम्मिलित थिए ।
आज आत्महीनताबोधले जरो गाडेको नेपाली राजनीतिकवृत्त, कर्मचारीतन्त्र तथा नागरिक समाजमा कुलचन्द्र गौतमको उम्मेदवारीप्रति पनि धेरै उत्साह छैन । तर यो केही हदसम्म जानकारीको कमीले पनि हो । नेपालको तर्फबाट गौतमको चुनाव अभियान सफल पार्न पहिला उनको उम्मेदवारीको महŒव तथा उनको क्षमताबारे मुलुकभरका विचार निर्माताहरू जानकार हुनुप¥यो । त्यसैले नेपाली विचारनिर्माताले यो उम्मेदवारीप्रति चासो दिनु र त्यसबाट सिर्जना हुने जनमतद्वारा नेपालको परराष्ट्र मामला हेर्ने सम्पूर्ण क्षेत्रलाई प्रेरित गर्नुपर्ने अवस्था छ, किनकि नेपालले स्तरीय र अनुभवी उम्मेदवार अघि सारेको छ र उनको सफल हुने सम्भावनालाई नेपाली जनमानसको हार्दिकताले टेवा दिन्छ ।
कुलचन्द्र गौतम एक्कासि अन्तर्राष्ट्रिय पदबाट अवकाश पाएर महासभाको अध्यक्ष पदमा उम्मेदवार बनाइएका होइनन् । युनिसेफमा छँदा पनि नेपाली विकास तथा शान्ति प्रक्रियामा चासो राख्ने उनी अवकाशपश्चात् केही समय नेपाल अध्ययनमा लागे र त्यसपछि सबैभन्दा महŒवपूर्ण मुद्दाहरूमा निर्धक्क डुबुल्की मारे, ती थिए– मुख्यतः शान्ति प्रक्रिया तथा हिंसा अन्त्य अभियान । उनी शान्ति प्रक्रियाका विभिन्न पाटोबारे ज्ञाता नै भए भने शान्तिकामी जनताको शान्ति प्रक्रियाप्रतिको धारणा तथा निकासको तरिकाबारे अन्तर्राष्ट्रिय जगतलाई बुझउने एक मुख्य माध्यम बन्न पुगे । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र आनी छोइङ डोल्मा जस्ता सार्वजनिक व्यक्तित्वसँग मिलेर भौतिक, राजनीतिक हिंसाविरुद्ध मुलुकभर अभियानमा लागे । हालै नेपाल सरकारबाट खडा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय पुरस्कार छनोट समितिको संयोजक भएका गौतमको नेतृत्वमा गहन छनोट प्रक्रियाद्वारा नागासाकी तथा हिरोसिमाका नगरप्रमुखलाई पुरस्कृत गर्ने निर्णयले नेपाल र उक्त पुरस्कारको गरिमा बढाएको छ ।
विश्वव्यापी आर्थिक सुशासन, शान्ति निर्माण, मानवअधिकार, मानवीय सहायता, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसंघका क्रियाकलापमा आधुनिकीकरण जस्ता क्षेत्रमा काम गर्दै तीन दशकको संरासंघीय सेवाको क्रममा १०० भन्दा बढी मुलुकमा पुगेका कुलचन्द्र गौतम एसिया, अफ्रिका, ल्याटिन अमेरिका तथा क्यारिवियन, मध्यएसिया तथा दक्षिणपूर्वी एसियाबारे राम्रो जानकार मात्र होइन; ती क्षेत्रका दर्जनौं शीर्षस्थ नेतृत्वसँग निजी रूपमा परिचितसमेत छन् । अन्तर्राष्ट्रियजगतमा यतिका निजी चिनापर्ची भएको नेपाली नागरिक अरू छैनन् । भाषाको हकमा अङ्ग्रेजी र हिन्दी÷उर्दू मात्र होइन, फ्रेन्च, स्पेनिस र इन्डोनेसियन भाषामा पनि उनको राम्रो दक्खल छ ।
निराशामा डुबेका नेपाली जनताको हौसला र आत्मबल बढाउनु परेको अवस्था छ आज । संसारका सबै मुलुकको छनोटद्वारा कुलचन्द्र गौतमले संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षमा चुनाव जित्नु यस्तो एउटा अवसर हुनेछ ।
के के गल्ती नगर्नू
बर्मामा नेपालीले विशेष स्वागत पाउनुमा ऐतिहासिक कारण छन् । उपनिवेशकालमा गोरखा सैनिकको प्रयोग भएका वेला बर्मामा धेरै जनजाति मूलका नेपाली तैनाथ थिए । दोस्रो विश्वयुद्धमा मलेसियालाई जितिसकेको जापानी फौजलाई बर्मा लिन नदिन भएको घमासान लडाईंमा बर्मा र त्यतिवेलाको बृहत् आसामको मैदानमा धेरै नेपालीको ज्यान गयो । आफ्नो स्वतन्त्रताको लागि नेपालीले रगत दिएको सम्झ्ना अझ्ै छ, बर्मेली जनता तथा शासक वर्गमा ।
धेरै पहाडे बाहुन–क्षेत्री मूलका नेपाली असम र बर्मा बसाइँ सर्नुको कारणचाहिँ गैरसैनिक क्षेत्रमा जीविकोपार्जन गर्न थियो । उनीहरू त्यस क्षेत्रका घनाजङ्गल फडानी गर्दै खेती र पशुपालन गर्न बसाइँ सरेका थिए । समयचक्रसँगै बर्मेली नेपालीको अवस्था राम्रो हुँदै गयो र आज नेपाली र बर्मेली दुवै भाषामा पोख्त यी बर्मेली नेपाली राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कार्यरत छन्, विशेषगरी रुवी, नीर र अन्य बहुमूल्य पत्थरको कारोबारमा । तेल र ग्यास, बहुमूल्य पत्थर, जलविद्युत् तथा विकसित कृषिका कारण बर्मा सम्पन्न मुलुक हुने दिशामा छ भने यसको फाइदा बर्मेली नेपालीले पनि लिनेछन् । धेरै बर्मेली नेपाली बसाइँ सरेर थाइल्यान्ड पनि पुगेका छन् ।
बौद्धमार्गी बर्मेलीहरूका लागि नेपाल आकर्षणको थलो बन्नुको कारण लुम्बिनीप्रतिको चासो पनि हो । विश्व पराजुली भन्छन्, “नेपालले गत दुई दशकमा सामना गर्नुपरेका चुनौतीले हामीलाई केही पाठ सिकाएको छ । आजसम्म हामी अल्पविकसित देशकै पङ्क्तिमा र त्यसमा पनि द्वन्द्वको अवस्थामा भएकाले कसैकसैले त भन्छन् पनि— तिमीहरूको आफ्नै हालत त्यस्तो छ, के सिकाउलाउ हामीलाई ? तर, हामी पनि भन्न सक्छौं नि बर्मेली मित्रहरूलाई— के–के गल्ती नगर्नु भनेर !