ढेंग स्टेशन र रेल सपना
हिमाल खबरपत्रिका ( ७-१३ माघ, २०७४) बाट रेलवे सञ्जाल नै नभएको नेपालमा रेलको गाथा भने लोक–संस्कृतिकै हिस्सा बनिसकेको छ । नेपालमा रेलवे लाइन नगण्य भए पनि जनमानसमा रेलगाडीले राम्रै छाप पारेको छ । दुइटा सानो रेल सेवा (अमलेखगञ्ज–रक्सौल र जनकपुर–जयनगर) मात्रै बनेको यहाँ रेलको गाथा लोक–संस्कृतिकै हिस्सा बन्यो । सिमाना पार गरेर अनेक मुकाम जाने …