उकालो लाग्दा

घरैमा बस्नुस्, इतिहास रङ्गाउनुस्! (१७ ऐतिहासिक तस्वीरसहित)

हिमाल खबरपत्रिका (२३-२९ चैत, २०७६) बाट बन्दाबन्दीमा घरैमा बसेर गर्न सकिने सजिलो काम – पुराना एल्बम् पल्टाउने, छानिछानी तस्वीरहरुमा डिजिटल रङ्ग भर्ने अनि विगतलाई वर्तमानसँग जोड्ने। बन्दाबन्दीको समय पार लाउन हरेकले आ-आफ्नै बाटो रोजेका छन्। ग्राफिक डिजाइनर भूषण शिल्पकारलाई एउटा मौलिक काममा हात हाल्न मन लाग्यो, त्यो थियो परिवारका पुराना फोटो एल्बममा रहेका श्यामश्वेत तस्वीर
Read More

‘स्मार्ट सिटी’ कि ‘स्टुपिड सिटी’?

हिमाल खबरपत्रिका (१६-२२ चैत, २०७६) बाट बन्दाबन्दीको सडकमा हुइँकिंदा — आजको व्याप्त ‘सडक सोच’ बदल्ने हो भने मात्र हामी उपत्यकालाई बसोबासलायक सुझबुझको शहर बनाउन सक्छौं । मोटर हुइँकिरहेछ रित्तो सडकमा । लगनखेल, बागमती पुल, थापाथली हुँदै माइतीघर मण्डल, सिंहदरबार अघिल्तिर पहरा दिइरहेका पृथ्वीनारायण शाह छेउ हुँदै डिल्लीबजार, नक्साल अनि धुम्बाराही । जम्माजम्मी ९ मिनेट ।
Read More

न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा

हिमाल खबरपत्रिका (९-१५ चैत, २०७६) बाट शिक्षण अस्पतालको ‘बडी ब्याग’ मा रहेको नन्दप्रसाद अधिकारीको शवले सद्गत मागिरहेको छ तर त्योभन्दा पहिले उनको आत्मालाई न्याय चाहिएको छ । शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श को चैत २०७६ अड्ढको आवरणमा मन दुख्ने तस्वीर छापियो । एउटा ‘बडी ब्याग’ छ, जसभित्र छ पाँच वर्षअघि आमरण अनशनबीच ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको शव ।
Read More

‘वागमती इच्छापत्र’

हिमाल खबरपत्रिका (२-८ चैत, २०७६) बाट वि.सं. २०५१ को हिउँद । वागमती दुर्गन्धित हुँदै थिइन् । अव्यवस्थित शहरीकरणको ढल सोझै नदीमा ‘चढाउने’ प्रवृत्ति नसच्चिने जस्तो गरी अगाडि बढेको थियो । सुक्खायाममा नदी प्रवाहको करीब ६०–७० प्रतिशत त ढल मात्र बग्ने अनुमान थियो । यस्तोमा केही चिन्ताग्रस्त नागरिक थापाथलीको कालमोचन मन्दिर नजिक वागमती किनारमा जम्मा भए, र एउटा बाल्टीमा नदीमा
Read More

बाइरोडको बाटोमा...

हिमाल खबरपत्रिका (२५ फागुन – १ चैत, २०७६) बाट बुवा कमलमणि दीक्षितको पुस्ताले सम्झने ­बाल्यकालको बाटो चित्लाङ–कुलेखानी–भीमफेदीको ऐतिहासिक पदमार्ग हो । मेरो पुस्ताको बाल्यकालको सम्झने भनेको ‘बाइरोडको बाटो’, अर्थात् त्रिभुवन राजपथ । राजमार्ग र लोकमार्ग, फास्ट ट्र्याक र सुमोमार्ग, मध्यपहाडी र डोजर–सडक — जताततै सडक र बाटा बन्दै गरेको आजको हाम्रो मुलुकमा पहिलो हाइवे थियो —
Read More

आङ खस्ने प्रकोप

हिमाल खबरपत्रिका (१८-२४ फागुन, २०७६) बाट छाउ (महीनावारी) बार्ने चलन अझै पनि देशका खास–खास ठाउँमा कठोर छँदैछ, तर पनि सामाजिक चेतना, जुझारू क्रियाकलाप र सरकारी पहलका कारण यसको प्रकोप घट्दो छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा छाउपडी जति प्रचारित छ, त्यसको दाँजोमा हिमाल, पहाड र तराई–मधेशका लाखौं महिलाले बेहोरिरहेको यो दुरवस्थाप्रति भने चर्चा नगन्य नै छ —
Read More

|
आचार्य बालकृष्णको सीमा

हिमाल खबरपत्रिका (११-१७ फागुन, २०७६) बाट पतञ्जलि कम्पनीका आचार्य बालकृष्ण नेपाली मूलका हुन्, नेपाली नागरिक होइनन् । त्यसैले उनले नेपालबारे बोल्दा/गर्दा केही सीमा अपनाउनुपर्छ। फागुन पहिलो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सहितको टोलीले भारत, उत्तरप्रदेशका कट्टरपन्थी हिन्दूवादी मुख्यमन्त्री आदित्यनाथसँग भेट गर्‍यो । कांग्रेसको नेतृत्व र बीपी कोइरालाको विरासत बोकेका उनै
Read More

|
‘टोनी हागन ट्रेल’

हिमाल खबरपत्रिका (४-१० फागुन, २०७६) बाट २९ माघमा सोसल साइन्स बहाःले नामुद भूगर्भविद् र नेपालविद्, स्विस नागरिक टोनी हागनबारे चर्चा गर्न ललितपुरमा एक प्रवचन कार्यक्रम आयोजना गर्‍यो । प्रस्तोता थिए, जलस्रोतविद् दीपक ज्ञवाली । प्रस्तुतिमा ज्ञवालीले नेपालको भूगर्भ विज्ञान, विकास, पर्यटन र संस्कृति लगायत क्षेत्रमा हागनको योगदानको चर्चा गर्दै एउटा रोचक प्रस्ताव पनि गरेः “टोनीले जसरी पैदल
Read More

|
निर्धक्क नेपाल

हिमाल खबरपत्रिका (२६ माघ -३ फागुन, २०७६) बाट गएको २० माघमा रिपब्लिका दैनिकले नेपालका लागि नवनियुक्त बेलायती राजदूत निकोला पोलिटसँगको अन्तर्वार्ता छाप्यो, जसमा एउटा प्रश्न थियोः “अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित हुनुलाई कसरी लिनुभएको छ, खासगरी उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा ।” जवाफमा राजदूत पोलिटले भनिन्, “हुन त यो नियुक्ति नेपाल सरकारले यहाँको प्रक्रिया
Read More

|
विमानस्थलका निभेका गुलुबहरू

हिमाल खबरपत्रिका (१९-२५ माघ , २०७६) बाट काठमाडौंको तीनकुनेबाट कोटेश्वर हुँदै भक्तपुर जाँदा बायाँपट्टि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान र अवतरणको ‘थ्रेसहोल्ड’ पर्दछ, अर्थात् धावनमार्ग भन्दा ठीक अगाडिको क्षेत्र । काठमाडौं जाँदा वा फर्कंदा दिनहुँ दशौं हजार बस, कार, ट्रक र मोटरसाइकल सवार चालक र यात्रुको आँखा विमानस्थलतर्फ तानिन्छन्, हवाईजहाज उडान र अवतरण हेर्दै । र अक्सर
Read More