हाम्रा पुष्पक विमान!
हिमाल खबरपत्रिका (१९-२५ साउन, २०७६) बाट हवाईजहाज जस्तो देखिंदैमा त्यो हवाईजहाज हुँदैन, आविष्कार त परको कुरा ! फलानो गाउँका जाँगरिला ‘वैज्ञानिक’ युवाले विमान बनाए– झण्डै, झण्डै हरेक दुई/तीन महीना, दुई/तीन महीनामा हाम्रा सञ्चारकर्मीले नबिराई यस्तै समाचार प्रकाशित/प्रसारित गर्छन् । तर पनि अहिलेसम्म आकाशमा ‘मेड् इन् नेपाल’ पुष्पक विमान उड्दै/बस्दै गरेको देख्न पाइएको छैन । समाचारका अनुसार, …