Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

Category: हिमाल खबरपत्रिका

‘अफ् कोर्स् बुद्ध वाज् बर्न इन नेपाल!’

May 17, 2022 by admin

हिमाल खबरपत्रिका (२ जेठ, २०७९) बाट भारतीय प्रधानमन्त्री आएर बुद्ध जन्मिएको देश नेपाल नै हो भनेर यस यथार्थलाई पुनःप्रमाणित गरिदेलान् भनेर पर्खिबस्नु परेन। गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्नु बेठीक होइन, किनकि यो आफैंमा तथ्य हो। वर्तमान नेपाल (राज्य–राष्ट्र)को भूभागभित्र लुम्बिनी पर्दछ, जहाँ देवदहस्थित माइत जाने क्रममा मायादेवीले सिद्धार्थ गौतमलाई जन्माइन्। नेपालमा व्यापकता पाएको उद्घोष …

Continue Reading

निर्मल पुर्जाको साहस र शान

April 13, 2022 by admin

हिमाल खबरपत्रिका (१४ फागुन, २०७८) बाट ‘प्रोजेक्ट पसिबल’ ले संसारसामु ३८ वर्षे पर्वतारोहीको कीर्तिमान मात्र प्रस्तुत गरेन, नेपालीलाई आफ्ना सिरानका हिमालहरूप्रति आकर्षित पनि गराएको छ। नेपाललाई हिमालको देश भनिए पनि अधिकांश नेपालीले हिमाली चुचुरा नजिकबाट चिनेका छैनन्। हिउँमा हिंड्ने, हिमाल चढ्ने, पर्वतारोहणको इतिहास र हिमाली शृङ्खला र भूगोलको चिनारी सबबाट परै रहँदै आएका छन् बहुसङ्ख्यक …

Continue Reading

पुष्पकमलको ट्‌वीटर खाता

April 13, 2022 by admin

हिमाल खबरपत्रिका (११ फागुन, २०७८) बाट पूर्व प्रधानमन्त्री र पूर्व ‘क्रान्तिकारी’ को ह्यान्डलमा केही काँटछाँट, केही थपथाप आवश्यक देखिन्छ। सामाजिक सञ्जाल कति चलाउने, कसरी चलाउने भन्ने आआफ्नै तर्क वा काइदा हुन्छन्। ट्वीटर प्लाटफर्म चलाउने हो भने कसरी भन्ने बुझेको राम्रो। सन्दर्भ हो, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको ट्वीटर खाता। जे भए पनि दाहाल प्रधानमन्त्री …

Continue Reading

राम, राजा र गणतान्त्रिक ‘रामराज्य’

January 4, 2022 by admin

हिमाल खबरपत्रिका (१८ पुस, २०७८) बाट विधिको शासन, समृद्धि र अमनचैनको ‘रामराज्य’ को ठाउँमा बहुलतालाई कुल्चिएर धार्मिक एकल पन्थतिर गए दुर्घटना मात्र निम्त्याउँछ। धर्म-पहिचान व्यक्तिगत आस्था र मान्यताको विषय हो। जनजीवनमा धर्म-पहिचानको गहिरो अन्तरघुलन देखेर राजनीति गर्नेहरूले यसलाई राजनीतिक अस्त्र बनाउन खोज्छन्। तर, राजनीति र धर्म-पहिचान मिसिनु हुँदैन। यो सिद्धान्त सामाजिक सहिष्णुताका लागि मात्र होइन, …

Continue Reading

खुम्बुका तीन हाँगा

January 4, 2022 by admin

हिमाल खबरपत्रिका (११ पुस, २०७८) बाट प्राकृतिक र सामाजिक सम्पदामा उत्कृष्ट खुम्बु क्षेत्रको पर्यटकीय मूल्य धेरै सस्तो बनाइएको छ। यहाँ कैयौं गुणा बढी लाभ लिन सकिने सम्भावना छ। सोलुखुम्बको लुक्लाभन्दा माथि दूधकोशीको धार तीन उपत्यकामा बाँडिएको छ। जसमध्ये इम्जा खोला हुँदै सगरमाथा (चोमोलोङ्मा) आधार शिविर पुगिने उपत्यका एक हो, जो विश्वविख्यात छ। थेङबुछे गुम्बा भएर …

Continue Reading

सौम्य शक्तिको भण्डार हामी

October 22, 2021 by admin

हिमाल खबरपत्रिका (२ कात्तिक, २०७८) बाट नेपालसँग अपार शक्ति छ, शान्तिको। नागरिकको मानसिक एवम् भौतिक जीवनमा उत्साह र परिवर्तन ल्याउन यसको पहिचान र परिचालन गर्ने हो। नेपालीलाई सानैदेखि सिकाइएको हुन्छ, ‘हामी सानो देश’ भनेर। जुन कुरा सरासर बेठीक हो। कुनै पनि हिसाबले नेपाल ‘सानो’ छैन, र होइन। जुनसुकै मुलुकको वजन मुख्यतः जनसङ्ख्याले जनाउँछ, भूगोलले हैन। यसै …

Continue Reading

बूढो कसलाई भनेको?

October 4, 2021 by admin

हिमाल खबरपत्रिका (१६ असोज, २०७८) बाट ज्येष्ठ नागरिकलाई परम्परागत हिसाबले बढी उमेर भएका कारण होइन, उनीहरूको अनुभव र ज्ञानको आदर एवं सम्मान गर्ने हो। मेरो कपाल फुल्न थालेको तीन दशक भयो र यो अवधिभर ‘बूढो’ भएको बुझाइ सहित जिन्दगीको यात्रामा छु। कपाल भर्खर फुल्न थाल्दा अनुहार र ज्यानले कसैको आँखामा तन्नेरी नै थिएँ होला। त्यस …

Continue Reading

कति ताली बेइजिङलाई?

October 4, 2021 by admin

हिमाल खबरपत्रिका (१२ असोज, २०७८) बाट ‘चीनलाई नचिढ्याऔं’ भन्ने चिन्तन र लत्रिहाल्ने हजुरिया प्रवृत्तिका कारण चिनियाँ मामिलामा नेपाली मौनता मात्र देखिएको छैन, दुई देशबीचको सम्बन्ध कमसल बन्ने बाटोमा छ। भारतलाई नेपाल त्यो असल छिमेकको स्थानमा राख्न चाहन्छ, जसले यहाँ हस्तक्षेपको हात नबढाओस्। चीनसँग पनि त्यही चाहना छ- नेपालको मित्र रहिरहोस्, देशको आन्तरिक मामिलामा क्रियाशील नबनोस्। …

Continue Reading

देउताको स्वदेश फिर्ती!

September 17, 2021 by admin

हिमाल खबरपत्रिका (१६ भदौ, २०७८) चोरी भई जबर्जस्ती समुद्रपार पुर्‍याइएका भगवान्‌ फर्किने क्रम बढेको छ। आफ्नै थलोमा फर्काउन सके सांस्कृतिक पुनर्जागरणमा टेवा पुग्छ। करीब १००० वर्षअघि कालो ढुंगामा कुँदिएको पूर्ण कदको लक्ष्मी-नारायणको मूर्ति पाटनको पटको टोलमा स्थापना गर्दा मूर्तिकार, भक्तालु, पुजारी कसैले पनि चोरीको कल्पना गरेका थिएनन्। त्यसैले ढुंगाको आसनमा बनाएको प्वालमा मिल्ने गरी मूर्तिको …

Continue Reading

हिमालको जन्म र मान्यता

August 17, 2021 by admin

हिमाल खबरपत्रिका (१ भदौ, २०७८) बाट पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र मान्यतातर्फ वफादार रहनेछ हिमाल- विशेष गरी मानवअधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी। हिमालको बिउ न्यूयोर्क शहरमा सन् १९८७ मा रोपिएको हो, जब म संयुक्त राष्ट्रसंघको ‘प्रेस अफिस’ मा जागीरे थिएँ। र, नेपाल फर्किने ध्येयमाझ दिनरात बित्दै थिए। ‘लङफर्म’ …

Continue Reading

Posts navigation

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 30
  • Next

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes