Himalkhabar.com

|

हिमाल खबरपत्रिका (०१ भदौ, २०७१) बाट चन्द्रकिशोर, कनकमणि दीक्षित सम्राट अशोकले एक–दुई दर्जन होइन; सयौं स्तम्भ, स्तूप, विहार, शिलालेख इत्यादि निशान छाडेर गएका छन्, दक्षिण एशियाभरि नै। नेपालवासी लुम्बिनीमा रहेको अशोक स्तम्भसँग राम्ररी परिचित छन्, जसले ब्राहमी लिपि र प्राकृत भाषामा शाक्यमुनि सिद्धार्थ गौतमको जन्म ‘लुम्बिनी ग्रामे’ भएको पुष्टि गर्दछ। अलि बढी खोज गर्नेले उही
Read More

हिमाल खबरपत्रिका (११ साउन, २०७१) बाट धनुषाका पाँच परिवारले गर्ने न्यायको खोजले ‘संक्रमणकालीन अन्याय’ को दलदलमा फसेको समाजलाई सही दिशातर्फ डोर्‍याउने सम्भावना राखेको छ। हत्या वा बेपत्ता भएकाहरूका परिवारजनलाई पीडाको कत्रो पहाडले थिचेको हुन्छ भन्ने कुरा ७ साउनमा जनकपुरमा फेरि छर्लङ्ग भयो। द्वन्द्वकालको गोदार काण्डमा मारिएका युवकहरूको शव हस्तान्तरण कार्यक्रमदेखि दाहसंस्कारसम्म आमाबाबु, भाइबहिनी, काकाकाकी, मामामाइजू
Read More

हिमाल खबरपत्रिका (२९ असार, २०७१) बाट केही वर्ष भइसकेको थियो मदनकृष्ण श्रेष्ठलाई पार्किन्सन्स् रोगले सताएको, शरीरको दायाँ भाग विस्तारै शिथिल बन्दै गएको थियो। दायाँ हातले क्रमशः साथ छाड्दै, दायाँ खुट्टा पनि अलि लत्रिन थालेको। यही अप्ठेरोमै बिरामी परेकी आफ्नी श्रीमती यशोदालाई उनले स्याहारे, कहिले दिल्ली त कहिले ब्याङ्कक् पुर्‍याए। यस्तै अवस्थामा उनले गत वैशाख–जेठमा हरिवंश
Read More

हिमाल खबरपत्रिका (२० जेठ, २०७१) बाट काठमाडौं उपत्यका र पूर्वी नेपालमा बादल लागेकोमा मध्य नेपाल घमैलो थियो बिहानको ८ बजे, र अन्नपूर्ण श्रृंखलामा सूर्यको लालीले छोएको थियो। अरू वेला बेलुकीको अस्ताउँदो घामको ‘ब्याक्लाइट’ मा आकार मात्र देखिने अन्नपूर्ण श्रृंखलाको चुचुरो त्यो वेला छुट्याउन सकिने भएको थियो। टेलेफोटोमा खिचेको तस्वीरलाई ठूलो पार्दा भने अलि धमिलो देखिएको
Read More

हिमाल खबरपत्रिकाको अनलाइन संस्करण (१२ वैशाख, २०७१) बाट ‘देखेको मुलुक’  (२०६६) को अंश (पृष्ठ ७१ देखि ८९ सम्म) । कुनैवेला एक जना व्यक्तिको मरणले पनि पूरै देश स्तब्ध हुने गथ्र्यो तर ‘जनयुद्ध’ को शुरुआत सँगसँगै मान्छेका मरणहरूले नागरिकलाई छुन छाड्यो । कसैको हत्या हुनु, कसैमाथि हमला हुनु, कोही बेपत्ता पारिनु, कोही घाइते हुनु अनि कसैले
Read More

हिमाल खबरपत्रिका (०९ वैशाख, २०७१) बाट ‘मध्य’ र ‘सुदूर’ पश्चिम राख्ने हो भने अर्कोतर्फ पनि ‘मध्य’ र ‘सुदूर’ पूर्वाञ्चल राख्नै पर्छ। राजा वीरेन्द्रको यान्त्रिक, गैरलोकतान्त्रिक र विकासे सोच तथा दिग्गज भूगोलविद् र समाजशास्त्रीको सहभागितामा निर्माण भएको विकास क्षेत्रको अवधारणाको मुख्य कमजोरी थियो, ‘देखौटे संघीयता’। माथिबाट लादिएको यो संघीयताले जनसहभागिता, प्रतिनिधिमूलक शासन तथा आफ्नो लागि आयस्रोत
Read More

हिमाल खबरपत्रिका (२४ चैत्र, २०७०) बाट नरेन्द्र मोदी भारतको चौधौं प्रधानमन्त्री बनेभने यी हिन्दूत्वका ‘मसिहा’ को उदयबाट उनको आफ्नै देश र नेपालमा समेत कस्तो प्रभाव पर्ला ? ‘सात रेसकोर्स रोड’ मा प्रवेश गरेपछि मोदी अनपेक्षित रूपमा उदारवादी भए भने वेग्लै कुरा, नत्र उनको ‘हिन्दूवादी’ कट्टरपन्थी अजेन्डा र उच्च जातीय–सामाजिक सोचले भारतको आन्तरिक शासन, सामुदायिक सुसम्बन्ध
Read More

हिमाल खबरपत्रिका (११ चैत्र, २०७०) बाट यसअघि कंगना रनावतको फिल्म नहेरेको र शीर्षक पनि सामान्य किसिमको भएकाले विकास बहल निर्देशित ‘क्वीन’ हेर्न जाँदा म खासै उत्साहित थिइनँ। तर, १४६ मिनेटको फिल्मले पूरै बाँधेर राख्यो। एकदमै स–साना कुराहरूमा पनि ध्यान दिएर बनाइएको यो फिल्म लगभग त्रुटिरहित छ। फिल्ममा आउने प्रत्येक मोड रमाइला छन्। भारत विभाजनका वेला
Read More

हिमाल खबरपत्रिका (२ चैत्र, २०७०) “यो क्षेत्र अन्यत्रबाट पलायन भएर आएकाहरुको शरण क्षेत्र नभई मूलवासीहरुको प्राकृतिक बासस्थान थियो ।” स्वीट्जरल्याण्डको बर्न् विश्वविद्यालयका प्राध्यापक जर्ज भ्यान् ड्रिम् एशियाको आनुवंशिकी, भाषा विज्ञान, पुरातत्व, वनस्पति, जलवायु, मानव विज्ञान र प्रागैतिहासका विशेषज्ञ हुन् । गत तीन दशकदेखि उनले हिमालय क्षेत्रको भाषाशास्त्रीय अध्ययन गरिरहेका छन् । उनले आफ्नो बुझाइको आधारमा
Read More

|

हिमाल खबरपत्रिका (१७ मंसिर, २०७०) बाट दिल्लीमा हेमराज–आरुसी हत्याकाण्डको पटाक्षेप भएको वेला काठमाडौंले नेपाली समाजसँग गर्दै आएको प्रतिबद्धतामाथि एक पटक गम खानुपर्ने भएको छ । ३ जेठ २०६५ मा भारतीय राजधानी नयाँदिल्लीको नोयडामा भएको बहुचर्चित हेमराज–आरुसी हत्याका लागि अन्ततः आरुसीकै दन्तचिकित्सक बाबुआमा राजेश र नुपूर तलवारले आजीवन काराबासको सजाय पाएका छन् । तलवार दम्पतीको नोयडा
Read More