नेपालमा भारतीय भूमिका
नागरिक दैनिक (१५ वैशाख, २०६९) बाट कुनै बेला थियो, नेपालका राजनीतिज्ञ भारतका राष्ट्रिय व्यक्तित्वसँग काँधमा काँध मिलाएर उभिन्थे, राजकाजको मामिलामा। तर समयले नराम्ररी कोल्टे फेरेको छ। आज मुलुकको सबैभन्दा प्रभावशाली नेता र सबैभन्दा ठूलो दलका अध्यक्षको नयाँ दिल्लीका राजनीतिक पंक्तिसँग नगण्य सम्पर्क छ। नेपाल मामिलामा खटिएका कुटनीतिज्ञबाहेक उनको सबैभन्दा गाढा सम्बन्ध ‘एजेन्सिज्’ का पदाधिकारीसँग हो। …