धनुषा र ‘संक्रमणकालीन ज्यादती’
हिमाल खबरपत्रिका (११ साउन, २०७१) बाट धनुषाका पाँच परिवारले गर्ने न्यायको खोजले ‘संक्रमणकालीन अन्याय’ को दलदलमा फसेको समाजलाई सही दिशातर्फ डोर्याउने सम्भावना राखेको छ। हत्या वा बेपत्ता भएकाहरूका परिवारजनलाई पीडाको कत्रो पहाडले थिचेको हुन्छ भन्ने कुरा ७ साउनमा जनकपुरमा फेरि छर्लङ्ग भयो। द्वन्द्वकालको गोदार काण्डमा मारिएका युवकहरूको शव हस्तान्तरण कार्यक्रमदेखि दाहसंस्कारसम्म आमाबाबु, भाइबहिनी, काकाकाकी, मामामाइजू …