त्यो हत्याको हिमाल साक्षी छ
नागरिक (माघ ८, २०६७) बाट दुराडाँडा, लमजुङ- मर्स्याङ्दी नदीमा मिसिनुअघि पाउँदी खोलाले पूर्व-पश्चिम तन्किएको फराकिलो उपत्यका बनाएकी छन्। यसै उपत्यकाको उत्तरी विशाल पाखोलाई दुराडाँडा भनिँदोरहेछ; शाह वंश तथा नेपाल राज्यकै उद्गमस्थल र मध्यपहाडको शिक्षा र प्रगतिशील विचारको थलो। इतिहास र संस्कृतिले उर्वर यस माटोका बौद्धिक उत्पादन थिए शिक्षक मुक्तिनाथ अधिकारी।