Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘कान्ति बाइरोड’

August 18, 2021 by admin

हिमाल खबरपत्रिका (१ – ७ पौष, २०७५) बाट

हेटौंडाबाट उपत्यका भित्रिने अनेक उपाय जुर्दै छन् ।

प्रदेश–३ को राजधानी हेटौंडा काठमाडौंबाट ठीक दक्षिणमा पर्छ, ‘कौवा मार्ग’ को हिसाबमा करीब ६४ किमीको दूरीमा । तराई–मधेश र सिमानापारिको लागि द्वार रहेको यो शहर पुग्न भने उपत्यकावासी र उपत्यका अर्थतन्त्रलाई जहिल्यै अप्ठेरो !

एक त सन् १९५६ मा खुलेको भैंसे दोभान र टिष्टुङ–पालुङहुँदै आउने त्रिभुवन राजपथ (असली ‘बाइरोडको बाटो’) ले घुमाउरो रुट समात्यो । पछि अलि सजिलो गरी गुड्न मिल्ने गरी चीनले सन् १९७३ मा त्रिशूली किनार भएर मुग्लिनदेखि नारायणघाटसम्म बाटो खोल्न शुरू गरेपछि, र त्यहाँबाट अमेरिकी सहयोगमा यसअघि नै बनेको नारायणघाट–हेटौंडा राजमार्ग जोडिएपछि एउटा वैकल्पिक मार्ग खुल्यो ।

जुन झण्डै आधा शताब्दीसम्म मुख्य हाइवे बन्यो– पूर्व जानलाई समेत काठमाडौंबाट नारायणघाटसम्म १४७ किलोमिटर पश्चिम अनि त्यहाँबाट पूर्व हेटौंडासम्म ७५ किलोमिटर पुग्ने गरी ।

हेटौंडाबाट पूर्वतर्फ बनिसकेको दुई लेन कान्ति राजपथ खण्ड । तस्वीरहरूः कनकमणि दीक्षित

आज आएर हेटौंडा र उपत्यका जोड्ने पाँच वटा वैकल्पिक बाटा छन्, तीमध्ये धेरैजसो निर्माणाधीन । एउटा त उही पुरानो बाइरोडको बाटो, अर्को हालै विस्तार गरिएको नारायणघाट–मुग्लिन–थानकोट ।

यस्तै, अहिले ‘सुमो राजमार्ग’ का तीन हाँगा छन्– मातातीर्थ झर्ने, फाखेल र छैमलेका बाटाहरू । उता काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक पनि बनिरहेको छ ।

जीर्ण हेटौंडा–काठमाडौं रोपवेमा कसैको नजर जाँदैन ।

तर, त्रिभुवन राजपथ बनेकै ताका नेपाली बलबुताले खोलेको ट्रयाक चाहिं कान्ति राजपथ (९२ किलोमिटर) नै हो, चापागाउँ र टीकाभैरवहुँदै भट्टेडाँडा अनि पूर्व लागेर वागमतीको खोंच छिचोल्दै हेटौंडा पुग्ने साँघुरो ‘एक लेन’ को बाटो । यो राजपथ वि.सं. २०१६ मै नेपाल सेनाले बनाएको हो । अहिले विस्तारको काम भइरहेछ ।

फास्ट ट्रयाकको पहाड कटान ।

प्रदेश–३ का मुख्य मन्त्री डोरमणि पौडेल हेटौंडाबाट काठमाडौं उपत्यका महीनाको ८–९ पटक ओहोर–दोहोर गर्छन् । उनको भनाइमा कान्ति राजपथ (राजमार्ग, लोकमार्ग अथवा बाइरोड !) को विस्तार भएपछि करीब साढे दुई घण्टामा उपत्यकाको रिङरोड पुगिनेछ ।

कवानपुर–ललितपुर सिमानामा रहेको वागमतीको पुलबाट देखिने उपत्यकावासीको मलमूत्रको फिंज ।

 

पुरानो एक लेनको ट्रयाक ।

 

प्रतिकृया दिनुहोस

Post navigation

Previous Post:

Nepal Mandal in Manhattan

Next Post:

जब भारतीय चेकपोष्ट हटे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes