Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

टेकू दोभान विलाप

July 26, 2021 by admin

हिमाल खबरपत्रिका (११ -२७ चैत्र, २०७४) बाट

उपत्यकावासीको संस्कृति र इतिहास बेगरको सोचको उपज हो टेकू दोभानको यो दुरवस्था।

नेपालमण्डलको उद्गमस्थल टेकू दोभान– वागमती र विष्णुमतीको संगम । लिच्छविकालदेखि नै यो बौद्ध चैत्य र मठमन्दिरले सुसज्जित छ । आफ्नो इतिहास र सम्पदाको महत्व आकलन गर्ने नागरिक हामी भएको भए टेकू दोभान क्षेत्रको संरक्षण हुन्थ्यो । संगम छेउ सफा सुग्घर हुन्थ्यो र पुर्खाले निर्माण गरेका संरचनाहरु वर्तमान नेपालको गहना ठानी रेखदेख हुन्थ्यो ।

तर वास्तविकता अर्कै र रगत चिसो पार्ने खालको छ । विष्णुमती र वागमती उपत्यकाको मलमूत्र बोकेर एक हुन्छन् र चोभारतर्फ दक्षिण लाग्दछ ।

तस्वीरहरूः कनकमणि दीक्षित

दोभान छेउ यहाँको ऐतिहासिक परिवेश ध्वस्त पार्ने गरी बडेमाको कंक्रिट पुल बन्दैछ । दोभानको शिखर शैलीको शिव मन्दिर भूकम्पको धक्काले ढल्न आँटेको छ । एकातर्फ चितामा कसैको लाश जलेर खरानी बन्दैछ, तर मलामी सबै हिंडिसके । अर्कोतर्फ अव्यवस्थित आधुनिक घरले स्थल कुरुप बनेको छ ।यताउता भेटिएका मूर्तिहरूलाई एउटा भित्तामा यसै टाँसिएको छ संरक्षणको नाममा । भूकम्पको बेला जम्मा पारिएका मूर्ति र पत्थरको रास पनि छ । बगरे र निर्माण सामग्रीका ट्रकहरू यत्रतत्र हिंड्छन् छापेको ढुंगामाथि । एउटा ट्रक प्राचीन शिवलिंगलाई किचिदिएला कि जस्तो गरी पार्क गरिएको छ । काठमाडौं शहरको दक्षिण भेकको श्मशान घाट, यो टेकू देवस्थल । यहाँ अनगिन्ती सम्पदा स्थल छन् । नेपालमण्डलको जुहारत हो टेकू दोभान, तर हामीले रछ्यान झैं ठानिरहेका छौं ।

टेकू दोभान उपत्यकावासीको मायाको आशमा बसेको छ । आफूलाई वजनदार समुदाय सम्झने हो भने प्रमाणित गर्नु पर्‍यो, टेकू दोभान संरक्षण गर्न अघि सर्नु पर्‍यो ।

Post navigation

Previous Post:

तत्क्षणको सोच र साहस

Next Post:

माथिबाटको नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes