Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

ट्वीटे भइएछ!

July 28, 2021 by admin

हिमाल खबरपत्रिका (९-१५ पुस, २०७४) बाट

आफ्नै ट्वीटको पुनरावलोकन

सबै भन्छन्– सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारले छापाको ठाउँ ओगट्यो । हुन पनि, धेरै हदसम्म समाचार बनाउने, पेश गर्ने र पचाउने प्रक्रियामा गत पाँच–सात वर्षमा ठूलो फेरबदल आएको छ, समुद्रपारजस्तै दक्षिणएशिया र नेपालमा ।

म आफैं पनि कतिपय विचार तथा ‘रिपोर्टिङ’ फेसबूक र ट्वीटमार्फत सम्प्रेषण गर्छु । सामाजिक सञ्जालको आफ्नो ६ वर्षे यात्रामा मैले यस माध्यमलाई कुरा तुरुन्त फैलाइहाल्ने ‘सोसिओ–पोलिटिकल टूल’ जस्तो गरी प्रयोग गरें ।

तर, एकछिन अडेर गत केही महीनाका आफ्ना ट्वीट उत्पादन हेर्दा लाग्यो, प्रिन्टबाट अनलाइनमा जानुको साटो किन अनलाइनलाई प्रिन्टमा नल्याउने ? अनि हेरौं कस्तो हुँदोरहेछ– त्यही कुरा प्रिन्टमा पढ्दा हल्का या अझै खँदिलो ? यही ‘अनुसन्धान’ मा पाठकलाई पनि सहभागी गराउन यहाँ पेश गरिएका छन्, मेरा ट्वीटमध्येका केही छनोट–

* रानीपोखरी बीचमा रहेको मन्दिरलाई पुरानो ’शिखर शैली’ मा पुनःनिर्माण गर्नु त परै जाओस्, बचेखुचेको सम्पदामाथि पनि प्रहार गर्दै हामी उजाड शून्य–संस्कृति, शून्य–इतिहासको शहर निर्माण गर्दैछौं— स्मार्ट हैन स्टुपिड सिटी ।

यो चित्र पर्सियाका राजकुमार वाल्ड्मरसँगै दक्षिणएशियाको भ्रमण (सन् १८४४–४६) मा आएका चित्रकारले बनाएका हुन् । चित्रमा रानीपोखरीबाट उत्तरपश्चिम हेर्दा नागार्जुन डाँडो देखिन्छ र स्वयम्भू प्रष्ट देखिन्छ । जसले रानीपोखरीबीच रहेको बालगोपालेश्वर मन्दिर ‘शिखर शैली’ मा बनेको प्रमाणित गर्छ ।

* स्थानीय, प्रान्तीय र संसदीय निर्वाचनको दौरानमा एउटै नयाँ/पुराना दलका उम्मेदवार/नेताले सेनाले दक्षिण टुँडिखेलको खुला क्षेत्र हडपेको कुराबारे आपत्ति जनाएनन्, जसको अर्थ शहरी जनताको प्रतिरक्षा गर्ने राजनीतिक शक्ति कोही रहेनछ ।

*नेपाल नगरपालिका संघको अधिवेशन समितिको बैठक, संविधान र स्थानीय शासन ऐन २०७४ सँग बाझिएका कानून तत्काल खारेजीको माग, संविधान अनुरुप गठित स्थानीय सरकारलाई अनावश्यक मन्त्रालयबाट निर्देशन नगर्न/नगराउन सरकारलाई अनुरोध गर्ने, इत्यादि ।

* मिच्ने र मास्नेलाई भोट नदिऊँ ! सार्वजनिक खुला क्षेत्र (पोखरी, चौर, चोक) मिच्ने, सामुदायिक स्कूलको विद्यार्थी खेल्ने मैदान मिच्ने/मास्नेलाई, सघाउनेलाई अत्यधिक मतद्वारा हराऔं !

* माफ गर्नुहोला मित्रहरू, जस्तोसुकै सही नियत एवं कारण भए पनि मायादेवी मन्दिरमा लगाइएको ‘अरेन्जिङ्ग’ ले चिन्तित तुल्यायो । यो एक सम्पदा क्षेत्र मात्र नभई जीवन्त आस्थाको ढुकढुकी हो । लुम्बिनी व्यवस्थापनमा राजनीतिक स्वार्थ हावी भइरहेको सन्दर्भमा यस्तो प्रयोगले दुरुपयोगको ढोका खोल्न सक्छ कि भनेर चिन्ता जगायो ।

* दुई दशकपछिको देशको सामान्यीकरणतर्फको यात्राको अन्तिम चरण निर्वाचन बिथोल्ने नियोजित विस्फोट कार्यक्रम देखिन्छ कसैको । यसभन्दा बढी क्षति कतै केही नहोस्, जे जस्तो भए पनि यो निर्वाचन सफल पारौं/रहोस् ।

* मत मात्रै राख्नु एउटा कुरा हो, तर देशभित्र र बाहिरका त्यस्ता व्यक्ति र संस्थाहरू पनि थिए, जो स्थानीय तह, प्रदेश र आम निर्वाचन ‘साबोटाज’ गर्ने कोशिशमा थिए । तिनीहरुको कृत्य पनि सम्झौं ।

* लोकमान, नाकाबन्दी, चुरे दोहन, सीमा तटबन्ध, खुला क्षेत्र अतिक्रमण— यी सब विरुद्ध जसले बोल्यो उसैलाई भोट ! (भ्रष्टाचार गर्दिनँ त कसले भन्दैन र !)

* निरन्तर सडक दुर्घटनाको सन्दर्भमा राष्ट्रिय सडक सुरक्षा परिषद् आवश्यक, तर सरकारको भर नपरौं । गम्भीर र विश्वसनीय नागरिक परिषद् बनोस् जसले राज्यलाई जवाफदेही बनाओस् ।

* समयमा चुनाव नगर्ने हो भने कति कुरा—राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक— थप डामाडोल हुन्छ, सोचौं हजुरहरू ।

* फ्लेक्स आतंक ! सबैको ध्यान पाँच राष्ट्रिय पार्टीको आज बिहानको बैठकमा, मेरो ध्यान त्यो भित्तामा टल्केको फ्लेक्समा । यस्तो बस्तु टाँग्ने नेता–कर्मचारी सम्पदा–संस्कृति प्रति कति सजग होलान् ?

* सार्वजनिक विद्यालयको खेलमैदान निजी क्षेत्रलाई हस्तान्तरण, भुइँचालो/विपत्‌लाई आवश्यक खुला जमीन कब्जा अनि निर्वाचनमा जितिछाड्ने योजना हजुरहरुको ?

* भार हलुङ्गो हुने भो ! रुपान्तरित व्यवस्थापिका–संसद्को समापन नै समाज सामान्यीकरणको संकेत हो ! जिन्दावाद !

* जय प्रान्त–२ का जनता ! जसलाई तेस्रो चरण निर्वाचनसम्म कुर्न लगाएर अन्याय गरियो । स्थानीय लोकतन्त्रमा स्वागत !

ट्वीटलाई ‘टुल’ का रुपमा प्रयोग गर्ने मेरो प्रयास कति सार्थक भयो या यसले मलाई कति आत्मकेन्द्रित बनायो …

Post navigation

Previous Post:

ऐतिहासिकतालाई मार हान्ने वर्तमान पुस्ता

Next Post:

अजब-गजबको हाम्रो सम्पत्ति हिमाल चिनौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes