Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

नेपाली ‘मोसेइक्’

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ भदाै ,२०५७  ) बाट

पूरै नेपाललाई एउटा दक्षिण एसियाली मानव अधिकार सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने भन्ने चुनौती थियो पूर्व अर्थमन्त्री र हाल कतै पनि त्यतिविधि नगाँसिएका विकास अर्थशास्त्री देवेन्द्रराज पाण्डेको अगाडि । पहिले त उनले नेपाल ‘सानो’ भए पनि विविधतापूर्ण देश भएको हुनाले पूरै २०–२५ जना प्रतिनिधि हुनुपर्ने भनेर सम्मेलनका व्यवस्थापक (पाकिस्तानकी नामुद मानव अधिकारवादी अस्मा जहाँगीर) लाई मनाए । त्यसपछि साथी र सहयोगीको मद्दत लिएर पाण्डे नेपाली मण्डली बनाउन राम्रैसित लागे । उनको यो कसरतबाट शायद केही सिक्न सकिन्छ– किनभने दक्षिण एसिया र संसारमै नभएको जातीय र भाषिक विविधता भएको यो देशमा कुनै पनि क्रियाकलापमा सहभागीहरूको गुणस्तरको ख्याल गर्दागर्दै पूर्ण देशको अनुहार झ्ल्कने समूह तयार गर्नतिर ध्यान दिनु अत्यावश्यक हुन्छ । हालै भारतको राजस्थानमा सम्पन्न सो सम्मेलनको एउटा सहभागी यो लेखक पनि थियो ।

नेपालको विकासक्रमका जेहेन्दार सहभागी र विद्वत्तापूर्ण आलोचक पनि रहेका देवेन्द्रराज पाण्डेले नेपाल राम्रै बुझेको हुनाले सकेसम्म देशको बहुरङ्गी वास्तविकता र विचारधारालाई प्रतिबिम्बित गर्न छनौटका निम्ति विभिन्न क्राइटेरिया राखे– लिङ्ग, जातजाति, धर्म, पहाड–मधेश, पूर्व–पश्चिम, उमेर, विचारधारा–कार्यक्षेत्र ।

राजस्थान गएको २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको बनावट आखिर माथिको तालिकामा जस्तो हुनपुगेको थियो । (व्यक्तिविशेषको विवरणमा केही गल्ती भएको हुनसक्छ ।)

यो नेपाली प्रतिनिधिमण्डलले नेपाललाई कत्तिको प्रतिनिधित्व गर्न सक्यो त ? हुन त पूर्णरूपले सफल हुन २२ जनाको टोलीमा सम्भव नहोला, तर यो ‘टीम’ को विशेषता “राष्ट्रिय मूलधार” का समुदायहरूबाट बाहिर जानु हो जस्तो लाग्छ यद्यपि यहाँ पनि पहाडे बाहुनको बाहुल्यता देखिन्छ, पुरुष चार र महिला तीन गरी सात जना टोटल हुँदा । एक जना मात्र पहाडे क्षेत्री हुनु पनि कुनैखालको सङ्केत हुनसक्छ । उता, पहाडे जनजातिमध्ये पूर्वी किराँतहरूको बढी प्रतिनिधित्व भएको प्रस्ट छ । जबकि पश्चिम पहाड (मध्यदेखि ‘सुदूर’) को नाम त्यतिको देखिएन ।

यसो हुँदाहुँदै पनि राजस्थान गएको नेपाली प्रतिनिधिमण्डलले अरू दक्षिण एसियाली देशहरूभन्दा आफ्नो देशको प्रतिनिधित्व बढी राम्ररी गरेको प्रस्ट थियो । जस्तै, भारतको त्यत्रो बृहत् समाज र भू–भागको प्रतिनिधित्व गर्ने धेरैजसो नयाँदिल्ली वरिपरिकै, पूर्व प्रधानमन्त्री आई.के. गुजराल लगायतका व्यक्तित्वहरू थिए । नेपालको प्रतिनिधिमण्डलमा भने एक त आधा जनसङ्ख्या बनाउने महिलाहरूको राम्रो उपस्थिति थियो– २२ मा १० । उता, सामुदायिक विविधता पनि प्रशस्तै थियो र विचारधारा र कार्य क्षेत्रको विविधता पनि ।

यसैगरी पाकिस्तानको प्रतिनिधिमण्डलमा खर्राट अङ्ग्रेजी बोल्ने प्रोफेसरहरूको बाहुल्य थियो, जसले त्यस देशको ‘एक्टिभिजम्’ को वास्तविकता पनि झ्ल्काउँछ । तर नेपालको प्रतिनिधिमण्डल भने गर्व गर्न लायकको थियो, जुन कुरा पाकिस्तानकी एकजना मानव अधिकारवादी कार्यकर्ताले निर्धक्कसँग भनिन्, होटलको लबीमा रोक्दै, “आपका डेलेगेशन् तो एक मोसेइक् जैसे लगता है, देख्ने में ।” मोसेइक् भन्नाले चिप्स्को माध्यममा बनेको चित्र जसमा धेरै टुक्रा मिसिएर पूर्ण आकृति बनेको हुन्छ ।

यो स्वस्फूर्त अभिव्यक्तिबाट देवेन्द्रराज पाण्डेको प्रयास अन्ततोगत्वा सफल भएको प्रस्ट हुन्छ । तापनि एउटा कुरा सोच्न लायक छ, त्यो हो– ‘सामुदायिक केन्द्रीकरण ।’ किनभने जति धेरै समुदाय र क्षेत्रको लागि बोले पनि राजस्थान सम्मेलनमा जाने झ्ण्डै सबै नेपालीहरू काठमाडौँमै अवस्थित थिए । हवाई टिकट काठमाडौँ बाहिरबाट काटेर दिल्ली उड्ने एउटै व्यक्ति हुनुहुन्थ्यो, नेपालगञ्जकी मोहमदी सिद्धिकी । यो कुरा चाहिँ सोच्न लायकको छ, किनभने राम्रो जनप्रतिनिधिमूलक प्रजातन्त्रमा ‘केन्द्र’ बाट मात्र नभई ‘पेरीफेरि’ बाट पनि सहभागिता हुनु अझ् उत्साहजनक हुनेछ ।

Post navigation

Previous Post:

I did not believe that anyone would believe that our country’s ambassador would stoop so low

Next Post:

Trekking in Rainshadow

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes