Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘बन्द समाजमा क्रिएटिभिटी संकुचित हुन्छ’

August 28, 2017 by admin

नेपाल रिपव्लिक मिडिया(शुक्रवार, ९ भदौ,२०७४)बाट

सेन्सरसिप दुई कारणले पुरातन प्रक्रिया हो। एउटा यो ब्यूरोक्र्याटिक कारणले अर्को नेपालको राजनीतिक कारणले। अब नेपालमा एक हदको राजनीतिक स्थिरता आउँदैछ भन्ने हाम्रो अनुमान छ।२० वर्षअघि नै हटाउनुपर्थ्यो। फ्रि डाउनलोडको जमानामा सेन्सरसिपको आवश्यकतै छैन। यो कुरा उठाउनु नै हास्यास्पद भइसक्यो।सेन्सरसिप हुनेबित्तिकै क्रियटिभिटिमा ह्रास आउँछ। २०४६ सालमा हामी स्वतन्त्र समाज भएका हौं।धेरै हिसाबले हामी संस्कुचित समाजतर्फ उन्मुख छौ ।यहाँ बन्द समाज हामी हुँदैछ।

चीन र भारतमा यस्तो भइरहेको छ, हामीले किन नगर्ने भन्नु भएन। हामी नमूना देश बनाउन सक्छौ। अन्ततः नेपालजस्तो मुलुकलाई खुला समाजले मात्र अर्थतन्त्र अघि बढाउँछ। बन्द समाज हामी थेग्न सक्दैनौँ। बन्द समाजमा क्रिएटिभिटीलाई संकुचित पारिन्छ, जहाँ सेन्सरसिप हाबी हुन्छ। पब्लिकले यो हेर्न पाउँदैन भन्नु फरमान जारी गर्नु हो। दर्शकलाई नजरअन्दाज गर्नु हो।

एक्लै हेर्नु घातक हुन्छ एक्सिडेन्टल फिल्म तर हलमा हेर्दा दर्शक बीचको अन्तरसम्बन्धले भूमिका खेलिरहेको हुन्छ। अर्थतन्त्र, खुलापन त पब्लिकलाई नजरअन्दाज गर्न मिल्दैन।

यसरी निधेष गर्नु भनेको जनतालाई सम्मान नगर्नु हो। यो वितरक, निर्माताको मात्र ‘फिल्मी’ समस्या होइन। नियन्त्रणकै कारण क्रिएटिभ फिल्म दर्शकले हेर्न पाएका छैनन्।

Post navigation

Previous Post:

Kasthamandap and Mary

Next Post:

नेपालमण्डलको ‘सबाल्टर्न’ मुटु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes