Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

बाल पढाइको मन्त्र

July 21, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० चैत २०६८) बाट

सञ्चारकर्मी विनय कसजूले भर्खरै बालबालिकामा पढ्ने बानीको विकास भन्ने पुस्तिका निकालेका छन् । किताब उनलाई अति चिप्लो ‘आर्ट पेपर’मा छाप्न मन लागेको रहेछ, तर प्रकाशकले आत्तिएर तत्काल अस्वीकार गर्दै भनेछन्, “त्यसो गर्नुभयो भने तपाईंको किताब बिक्दैन ।”

राम्रो कागजमा छापेको किताब झ्न् नबिक्ने ! तर, तर्क गर्ने हो भने प्रकाशकको भनाइ बुझन गाह्रो छैन । नेपालमा पढ्ने पाठकको क्रयशक्ति कम भएकाले उनीहरूको खल्ती हेरेर किताबको कागजको वजन (बाक्लोपन) र चिल्लो–खस्रोपन निर्धारण गर्नुपर्ने हुन्छ । त्यसैले सर्वमान्य पाठकलाई ध्यान दिँदा कागज सस्तै राख्नुपर्छ । आजभोलि विकासे संस्थाहरूको सहयोगमा नचाहिँदो गरी ‘आर्ट पेपर’ प्रयोग भएका पुस्तक छ्यापछ्याप्ती छन् बजारमा । त्यस्ता अधिकांश किताब हेर्नमा राम्रा हुन्छन्, तर सामग्री चाखलाग्दा र पठनीय हुँदैनन् । त्यो अक्सर विकासे संस्थाको ‘पिआर’ प्रयोजनको लागि छापिएको हुन्छ— एक वा अर्को तरिकाले पैसा दिने संस्थाको बखान अथवा प्रोपोगण्डा गर्न ।

विकासे प्रकाशनबाट चिप्लो कागजको आक्रमण यति व्यापक भयो, आम पाठकको मस्तिष्कमा एउटा छाप नै प¥यो— राम्रो कागज प्रयोग भएको पुस्तकले मन नछुने अक्षरहरू बोकेको हुन्छ भने साधारण खस्रो कागजमा छापिएको पुस्तकले भने आम जनताको मन छुने सामग्री बोक्ने सम्भावना बढी हुन्छ ।

यो रह्यो, विनय कसजूका प्रकाशकले किन चिप्लो कागजमा पुस्तक छाप्न चाहेनन् भन्ने सम्बन्धमा मेरो बुझइ । कसजूको पुस्तिका पढ्दा पनि मलाई लाग्यो, यो आर्ट पेपरमा छाप्नु नहुने पुस्तक रहेछ । बाल साहित्यका हस्ती, ‘इन्फर्मेशन टेक्नोलजी’का जुझरु र हाल राष्ट्रिय सूचना आयोगका अध्यक्ष हुन्— पाल्पाली पत्रकार विनय कसजू । भर्खरै मात्र प्रकाशित कृतिमा उनले आफ्नो कहलिएको सरल प्रस्तुतिमा थोरै पानामा मुलुकको लागि अति महइभ्वपूर्ण विषयमाथि अनुसन्धान गरेर लेखेका छन् ।

किताबको विषयवस्तु साधारण छ— बालबालिकाको मस्तिष्क विकासको लागि पढ्ने बानीको प्रोत्साहन गर्नुको महइभ्व । बाल शिक्षा नीतिको अत्यन्त महइभ्वपूर्ण पाटो हो यो, जसबारे शिक्षाविद्हरूले धेरै अघिदेखि भन्दै आएका छन्, तर नेपाली अभिभावक तथा गुरुआमा र गुरुबाहरूसामु पुगेको छैन । बालकका लागि आमाको दूध खाने बेलादेखि नै पढाइको आवाज उसको कानमा पारेको र तस्बीर हेर्न सक्ने भएपछि तस्बीर देखाउँदै आमाबाबुले ‘टेक्स्ट’ पढेर सुनाएको राम्रो । यसरी काखे बच्चादेखि नै किताब पढेको सुनेर विकास हुने उत्सुकता र अभ्यासले बालकमा पढ्ने बानी बस्दछ, उसको संसार फराकिलो हुन्छ र दिमाग सिर्जनशील बन्छ ।

एउटा बालकमा सानैदेखि पढेर सुनाउने र पढ्ने बानी लगाउने हो भने उसले स्कूलमा राम्रो गर्छ, कमजोर शिक्षण बावजूद आफूलाई ‘स्व–पढैया’ भएर माथि उठाउँछ । किताब पढ्ने बानीले कुनै पनि बालकलाई ‘लाइफ लङ लर्नर्स’ अर्थात् जिन्दगीभर जिज्ञासु बनाइदिन्छ । बाल मस्तिष्कको विकाससँग सम्बन्धित यी सबै अत्याधुनिक विचारलाई विनय कसजूले सरल शैलीमा पेश गरेका छन् । यति महइभ्वपूर्ण प्रस्तुतिमा पढैयाको बढप्पन र क्लिष्टता होइन, मात्र सर्वसुलभ लेखन पाइन्छ ।

शिशुका बाआमालाई कसजू गुहार्दछन्, पसल या पुस्तकालयबाट उमेर अनुसारको सामग्री ल्याउन र बच्चा स्वयं पढ्न सक्ने नभएसम्म आफैंले पढिदिन । बच्चाले पढेको कुरा बुझने नहुँदै पनि पढेको सुनेको राम्रो भन्ने वैज्ञानिक रूपले प्रमाणित तरिका हो । यसबारे कसजू लेख्छन्ः “शब्दहरू केटाकेटीका दिमागभित्र घुसाउने र उसको दिमागमा शब्दभण्डार भर्ने दुइटा मात्रै बाटा छन्ः १. आँखाबाट र २. कानबाट । केटाकेटीले अक्षर पढ्न जान्नका लागि झ्ण्डै चार वर्ष लाग्ने हुनाले आँखाबाट शब्द घुसाउन चार वर्ष पर्खनुपर्छ ।

यसैले केटाकेटीको दिमागमा शब्दभण्डार भर्ने सबैभन्दा राम्रो तरिका कानबाट घुसाउने हो । शिशुले नयाँ शब्द सुन्दा उसले सुनेको शब्दको अर्थ नबुझे पनि सुनेको शब्द उसको दिमागको शब्दभण्डारमा जम्मा भइरहन्छ । यसरी कानबाट भित्र घुसाइएका शब्दहरू केटाकेटीको दिमागमा बुझइ र बोलाइका आधारभूत जग बन्छन् । पछि स्कूलमा पढ्दा पहिले सुनेका र दिमागमा बसेका शब्दहरू सहज र परिचित लाग्छन् । पुस्तक पढ्दा तिनै शब्दहरूले मद्दत गर्छन् । दिमागमा जमेर बसेका शब्दहरूले उनीहरूलाई पछिसम्म शब्द बुझन र पढ्न सघाउँदछन् । …आमाबाबुले काखमा राखेर शिशुलाई पुस्तक पढेर सुनाउँदा उसले आमाबाबुको माया, सुरक्षा, खुशी जस्ता अनुभूतिहरू गर्नुका साथै उसको बौद्धिक, संवेदनात्मक तथा सिकाइ क्षमताको विकास हुन्छ ।”

यसरी लेखक कसजूले सर्वश्रेष्ठ आधुनिक बाल मानसिकताको विज्ञानमा टेकेर नेपाली पाठकलाई एउटा मन्त्र सुनाएका छन्, “बाबुआमाले आफ्नो शिशुको भविष्य बनाउने सबैभन्दा राम्रो उपाय हो बच्चैदेखि पढेर सुनाउने र पढ्ने बानी बसाल्ने ।”

लेखकको चिन्ता छ, आजभोलि धेरै परिवारमा हजुरआमा र हजुरबाबाट नातिनातिनाले कथा सुन्ने चलन हराउँदैछ । उता बाबुआमामध्ये कतिको आफ्नै पढ्ने बानी हुँदैन भने पढ्ने क्षमता भएकाको पनि बालबच्चालाई पढिदिने समय र धैर्य छैन । उता टेलिभिजन, फिल्म, फेसबूक, एसएमएस र भिडियो गेमले बालबच्चाको दिमागलाई किताब पढ्नबाट हरबखत अन्यत्र लहस्याइरहेको हुन्छ । यस्तो प्रतिकूल अवस्थामा पनि कसजूको भनाइ छ, आफ्ना छोरी या छोरालाई एक सफल जीवन दिलाउन चाहने अभिभावकको सबैभन्दा राम्रो सौगात नै हो बालकलाई पढेर सुनाउने र पढ्ने बनाउने ।

यस्तो महइभ्वपूर्ण पुस्तिकाको तयारीमा धन्न प्रकाशकले चिप्लो कागज प्रयोग गरेनछन् । गरेको भए शायद ‘विकासे’ ठानेर पाठकले किन्न मन गर्दैनथे । अनि समाजलाई आज चाहिएको एउटा महइभ्वपूर्ण ज्ञानको पाटो खेर जान्थ्यो ।

Post navigation

Previous Post:

एमाले र शासकीय स्वरूप

Next Post:

Appeal on Tsering Woeser by Prince Claus Laureates

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes