भाटा र लाठी प्रयोगबारे आपत्ति

25 February, 2015

भाटा र लाठी प्रयोगबारे आपत्ति

३० दलीय मोर्चाको यही फागुन १६ गते गर्ने भनिएको जनप्रदर्शन र आमसभाको तयारीस्वरुप एमाओवादीको युवा दस्ताले मंगलबार गरेको लाठी प्रदर्शन तथा बटुवामाथि भाटा प्रहारबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लाठी र भाटाको प्रयोग हतियार चलाउनु बराबर हो, र शान्तिपूर्ण राजनीतिमा आएको भनिएको शक्तिले यस्तो प्रदर्शन गर्नु हामी निन्दनीय ठान्दछौं ।

संविधानसभाका प्रमुख दलहरूबीच संवादहीनताको वर्तमान गतिरोध अन्त्य गर्न समय समयमा अनौपचारिक वार्ताहरू भइरहेको सबैमा विदितै छ । वातावरण सहज बनाउन प्रयास भइरहँदा यस्तो प्रदर्शनले राजनीतिक पक्षहरूबीचको दूरी अझै बढाउने छ, भन्ने हाम्रो ठहर छ । राजनीतिक समझदारी गर्ने लक्ष्यमा आघात पु¥याउने यस प्रकारका गतिविधि तत्काल बन्द गर्न हाम्रो आग्रह छ ।

समग्रममा हिंसाको प्रयोग गरी अथवा हिंसाको डर देखाई समाजमा आतंक सृजना गर्ने कार्यप्रति हाम्रो घोर विरोध छ । जनमानसमा कुनै प्रकारको त्रास र भय सृजना हुने कार्य नहोस् र सहमति र सहकार्य तर्फको वातावरण विग्रने काम नहोस, सम्बन्धित पक्षहरूलाई हाम्रो अपील छ ।

हस्ताक्षर: सुशील प्याकुरेल,चरण प्रसाईं, कपिल श्रेष्ठ, दिनेश त्रिपाठी,कनकमणि दीक्षित

सम्पर्कः चरण प्रसाईं

Citizens’ statement on use of dangerous instruments in public

We the undersigned are greatly concerned by the demonstration on Tuesday by Maoist youths using sharp-edged rods and poles, as well as attacks on citizens carried out using such instruments. In our experience, sharp-edged rods and poles are akin to weaponry in the context of public demonstrations, and their use by forces that claim to have entered peaceful politics are to be condemned in the strongest terms.

As is well known, there are ongoing attempts to promote dialogue between the main political parties in the Constituent Assembly in order to end the present deadlock in constitution-writing. In the view of the undersigned, demonstrations like those of Tuesday can jeapordise the attempts at dialogue by further distancing the political forces.

We strongly object to all attempts to terrorise the public through the use of violence or threat of violence. We appeal to all concerned to desist from actions that generate fear and anxiety among the populace, and anything that will impact the goals of consensus and cooperation among the political forces.

Signatories: Sushil Pyakurel, Charan Prasai, Kapil Shrestha, Dinesh Tripathi and Kanak Mani Dixit

Contact: Charan Prasai

Leave a Reply

Your email address will not be published. Required fields are marked *