Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

रोहिंग्या समुदायले खेपेको मानवीय संकट सम्बन्धमा काठमाडौंवासी नागरिकको अनुरोध

November 7, 2017 by admin

मितिः १५ कात्तिक, २०७४, काठमाडौं

हामी काठमाडौंवासी नागरिकहरूको छिमेक देश बर्माको रखाईन राज्यमा बस्ने रोहिंग्या समुदायमाथि भइरहेको दमन र त्यसबाट सिर्जित मानवीय संकटबारे गम्भीर आपत्ति छ। गत दुई महीनामा मात्रै ६ लाखभन्दा बढी रोहिंग्या विस्थापित भई बाङ्लादेश आइपुगेका छन् भने करीब डेढ लाख बर्माभित्र आन्तरिक शिविरमा राखिएका छन्। विगतदेखि नै बाङ्लादेशको शरणार्थी क्याम्पमा बस्ने साढे दुई लाख समेत जोड्दा दशलाख भन्दा बढी रोहिंग्या आफ्नो थलोबाट विस्थापित छन्।

बर्मेली सैनिकको दमनकारी क्रियाकलापले भयावह स्थिति सिर्जना गरेको छ। रोहिंग्या समुदायलाई नियोजित रूपमा नै राज्यविहीन बनाउने सरकारी रवैयाका कारण यो समुदायले गम्भीर मानसिक तथा शारीरिक यातना भोग्नु परिरहेको छ। यस खालको गम्भीर मानवीय संकटमा समेत आवश्यक भूमिका खेल्न सर्वमान्य नेतृ आङ सान सुची अक्षम देखिएकी छन्। उनले आन्तरिक रूपमा झेलिरहेको राजनीतिक दबाबबारे बुझ्न कोशिश गर्दा पनि हामीलाई लाग्दछ कि लोकतन्त्र र मानवताका सन्दर्भमा विश्वभरका जनताले उनीमाथि राखेको विश्वासमा घात भएको छ।

रोहिंग्या समुदायमाथि हुँदै गरेको मानवता विरुद्धको अपराधको जवाफदेहीको हामी माग गर्दछौं। यो संकटलाई कुनै राष्ट्रिय राजनीति वा भूराजनीतिक खोल ओढाई ढाकछोप गर्न खोज्नु मान्य छैन। न त पूरै रोहिंग्या समुदायको आस्था र विश्वासलाई संकटको पृष्ठभूमि बनाउन नै मिल्छ।

हामी काठमाडौंवासी नागरिक, बर्माका रोहिंग्या समुदायमाथि थप हुनसक्ने अत्याचारबाट बचाउन र बाङ्लादेशमा शरण लिइरहेकाहरूलाई मानवीय सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गर्दछौं।

साथै, विस्थापित रोहिंग्याहरूलाई आफ्नै रखाईन राज्यको घरदैलोमा सम्मानजनक फर्किने वातावरण बनाउन बृहत् अभियानको आवश्यकता औंल्याउँछौं। बर्मेली सरकारले रोहिंग्याहरूको आफ्नै भूमि फर्कन पाउने अधिकारको सम्मान गर्दै उनीहरूको राज्यविहीनताको अवस्थालाई अन्त्य गर्नुपर्छ, हाम्रो जोडदार माग छ।

सहीकर्ता

१. ज्योति बानियाँ
२. प्रतीक केसी
३. स्नेह सायमि
४. निराजन थपलिया
५. रक्षा बस्याल
६. उपेन्द्र पाण्डे
७. रशना ढकाल
८. विकास रौनियार
९. लक्ष्मण उप्रेती
१०. संजीवनी योञ्जन
११. सुनिल ढुंगाना
१२. महावीर पौडेल
१३. जगन्नाथ लामिछाने
१४. पदमलाल महर्जन
१५. विजयप्रकाश उपाध्याय
१६. रोशन कोइराला
१७. अरुण कार्की
१८. इन्द्र पी. अर्याल
१९. राजेश केसी
२०. महामुनि आचार्य
२१. सोम निरौला
२२. सुबोधराज प्याकुरेल
२३. राजेन्द्र खत्री
२४. उत्तम उप्रेती
२५. शुभेक्षा तिवारी
२६. शरद पौडेल
२७. विनोद सिंजापति
२८. दिनेश त्रिपाठी
२९. शिव विशंखे
३०. सुजन सिंखडा
३१. सुशील प्याकुरेल
३२. अर्जुन ढकाल
३३. इशा थापा
३४. गणेश खनिया
३५. कनकमणि दीक्षित

Post navigation

Previous Post:

लोप हुँदै गोरेटाहरू

Next Post:

Statement of Kathmandu citizens on the Rohingya tragedy

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes