Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘शिक्षा दिनेले संस्कृति बुझनुपर्‍यो’ — सत्यमोहन जोशी

October 12, 2022 by admin

शिक्षक मासिकबाट (कात्तिक १, २०६९ )

२३ असोज, २०६९ को बिहान अन्तर्वार्ता लिन बकुमबहाः पुग्दा सत्यमोहन जोशी घरको ढोका माथिका काठका मूर्ति सरसफाइ गर्दैथिए । केहीबेरको भलाकुसारीपछि हराम्रो वार्ता शुरू भयो ।

तपाईंको शिक्षा सम्बन्धी प्रत्यक्ष अनुभवबारे बताइदिनुहुन्छ कि ?
उतिबेला पाटनमा एक/दुईवटा मात्र स्कूल थिए, पाटनढोकाको पाटन हाईस्कूल र अर्को पुल्चोकनिर; जुन पछि मदनस्मारक भयो । त्यसैले २००७ सालमा मैले आफ्नै टोल नजिक श्री शान्ति विद्याश्रमको स्थापनामा काम गरेको थिएँ । म आफू दरबार स्कूलमा पढें, अनि त्रिचन्द्र कलेजमा । हामी हिंडेरै ओहोर–दोहोरगथ्र्यौं त्यहाँसम्म । पाटनबाट पढ्न जाने हामी चार–पाँच जना मात्र थियौं, क्वाल्खुको राजभण्डारी, केशरलाल आदि । म कलेज पढ्दा मभन्दा ८–१० वर्ष कान्छा कमलमणि दीक्षित र उनका दौंतरी विष्णुप्रसाद धिताल दरबार स्कूल जाँदै गरेका भेटिन्थे ।

अहिले पठनपाठनको मान्यता जताततै छ । ऊ बेला त्यस्तो थिएन । स्तर को कुरा गर्दा त्यो बेला फादर मार्शल मोरान जस्ता शिक्षाविद्ले उच्चकोटिको आदर्श भित्रयाएका थिए सेण्ट जेभियर्समा ।

शिक्षा प्रणाली कस्तो थियो ?
उतिबेला स्कूलमा हामी हिस्ट्री, संस्कृत, म्याथम्याटिक्स—अल्जेब्रा, जोग्राफी,ग्रामर पढ्थ्यौं । पढाइ भने एकदमै घोकन्ते हुन्थ्यो । अहिले क्लासमा बुझाउन कोशिश गरिन्छ । तर, घोकन्ते विद्या पूर्णतः नकारात्मक होइन; मेघदूत, रघुवंश जस्ता काव्य घोक्दा दिमाग त तिखो बन्छ नै । म सम्झन्छु, नयराज पन्तले मदन पुरस्कार लिंदा पलेंटी कसेर दिएको भाषण; धाराप्रवाह जानुको कारण यही हो । तर, बीचमा कसैले टिप्पणी गरे सबै बिग्रने !

अन्तर्वार्ताः सत्यमोहन जोशीसित कनकमणि दीक्षित ।

उहिले घोकेका उक्तिले मलाई आज पनि मार्गदर्शन गर्छन् । जस्तैः A point has position but it has no magnitude. त्यो मेरो लागि आजैसम्म पनि ब्रह्मज्ञान रहेको छ, कुनै जटिल कुरा बुझन या बुझाउन खोज्दा । त्यस्तै, To err is human, to forgive divine: भूल गर्नु मानव त्व हो, क्षमा दिनु देवत्व । यति भन्दाभन्दै पनि हराम्रो ‘जेनरल नलेज’ कमजोर थियो । जत्तिकै वेदान्त पढेको आचार्य भए पनि व्यक्तित्व विकास गर्ने अवसर सबैलाई उपलब्ध थिएन । त्यसैले पनि संस्कृत पाठशालाका विद्यार्थीले जयतु संस्कृतम् अभियान थाले, जोग्राफी र हिस्ट्री पनि पढाइनुपर्छ भनेर । त्यसलाई राजनीतिक आँखाले पनि हेरियो, त्यो बेग्लै कुरा हो ।

महिला शिक्षाको अवस्था के थियो ?
एकदम कमजोर; केटीले किन पढ्नुपर्छ भन्ने सामाजिक सोच थियो शहरवासीमाझ् । कसैले छोरीलाई पढायो भनेपछि सन्सनी फैलन्थ्यो । एकचोटि प्रतापशमशेरकी छोरी दरबार स्कूलमा आएकी थिइन्, मात्र प्राइभेटको जाँच दिन । त्यो पनि ठूलो कुरा भएको थियो । सिस्नेरीका ज्ञानप्रसादले छोरीलाई पढाएको पनि चर्चा भयो । झन् अंगुरबाबा जोशी र बलराम जोशी युवा दम्पतीले बनारसमा सँगै पढे भन्ने खबरले त होहल्ला नै मच्चायो ।

तपाईंको व्यावसायिक जीवन तथ्य संकलन र शोधमूलक क्रियाकलाप मा कसरी केन्द्रित हुन पुग्यो ?
मेरो कृति ‘हाम्रो लोक संस्कृति’ ले मदन पुरस्कार पाएपछि २०१५ मा सरकारले नयाँ खडा गरेको पुरातत्व र संस्कृति अड्डाको जिम्मेवारी मलाई दियो । अनि मैले पुरातत्व विधा पढें र बुझें कि प्रमाण विना काम चल्दैन । हरेक कुरा ‘डेटेड’ हुनुपर्दछ अनि मात्र आधिकारिक हुन्छ । त्यसपछि मैले ‘डकुमेन्टेसन’ को अर्थ बुझें र नेपाली मुद्राको काममा होस्, अरनिको बारे अनुसन्धानमा होस्, मैले प्रामाणिकता खोजें ।

अरनिकोको अनुसन्धानमा के प्रमाण पाउनु भो ?
नेपाल भित्रको स्रोत सामग्रीमा हामी अरनिकोको नामोनिसान पाउँदैनौं । इटालियन इतिहासविद् लुचिआनो पेतितले यस्तो पुस्तक लेखे, ‘मिडिभल हिस्ट्री अफ नेपाल, जो पूरै प्रामाणिक अभिलेखमा आधारित थियो । यो कृतिले नेपालका अन्य इतिहासकारलाई बाटो देखायो । उनले अरनिकोको बारेमा लेखे । चीनको युवान साम्राज्यको लामो वंशावलीको नम्बर २००३ को च्याप्टरमा कुब्लाई खाँ वादशाहको दरबारमा अरनिकोलाई बडाकाजीको जस्तो दर्जा दिइएको पाइन्छ । उनलाई एउटा मूर्ति मर्मत गर्न दिंदा रराम्रो गरे पछि वादशाहका प्रियपात्र बने र पछि गएर बेइजिङमा ठूलो ‘सेतो चैत्य’ निर्माण गरे , बौद्ध विहार तयार पारे । १३औं शताब्दीको चीनमा अरनिकोले गरेका गतिविधि सबै ‘डेटेड’ छन्, प्रामाणिक छन् ।

आफूले देखेका, पढेका कुरा हरू अरू सामु ल्याउने चाहना पहिले देखि नै रहेको पाइयो तपाईंमा । २०१० सालको न्यूजिल्याण्ड यात्रा वर्णन त्यसै कारण लेख्नुभएको हो ?
‘इण्डस्ट्रिएल सर्भे अफिस’ का चार–पाँच जनामध्ये म सबैभन्दा जेठो थिएँ । तैपनि पछि भर्ना भएको ले ‘कान्छा भाइ’ भन्थे । संयुक्त राष्ट्रसंघबाट ट्रेनिङलाई न्यूजिल्याण्ड पठाउने निम्तो आएपछि कोही जान चाहेनन् र ‘कान्छा भाइ’ नै जानुपर्छ भने । त्यतिबेला नेपालबाट समुद्र पार, त्यो पनि कसैले नसुनेको अनकन्टार न्यूजिल्याण्डमा जाने, धेरैको उत्सुकता रहेनछ । मलाई चाहिं सब कुरा सिकौं, जानौं भन्ने भावना थियो ।

भूगोलको अर्कोपट्टि एन्टार्टिकाको नजिक रहेको न्यूजिल्याण्डमा मैले जति कुरा त्यतिबेला देखें, पश्चिमी सभ्यता, हावापानी, माओरी सभ्यता, सरकारी पद्धति, आफ्नै मौलिक इतिहास, सबै नेपाली पाठकलाई चिनाउनुपर्छ भनेर फर्केर मैले पुस्तक लेखें । त्यहाँ मैले स्टाटिस्टिक्स्, प्राइसिङ तथा तथ्यांकको आधारमा चल्ने शासन व्यवस्थाबारे बुझने मौका पाएँ । ‘प्राइस इन्डेक्स्’ र महँगीको मापन अनुसारको तलब र सुविधा निर्धारण हुने रहेछ । र, छिमेक अष्ट्रेलियामा त अझ् विकसित प्रणाली रहेछ । नेपालमा त अहिलेसम्म पनि हचुवाको भरमा चलिरहेछ ।

नेपाली मूर्तिकला सम्बन्धी किताब चाहिं किन प्रकाशन न गर्नु भएको ?
धेरै वर्ष भयो त्यो लेखेको, तर यसै थन्कियो । हराम्रो प्रस्तर , काठ, माटो र धातु मूर्तिकलाको इतिहास लेखेको हुँ, पूरा ‘रेफरेन्स्’ सहित । तस्वीरहरू कता कता छरिए, लेखेको चाहिं अझै मसँग छ । राजकीय प्रज्ञा–प्रतिष्ठानमा सदस्यसचिव रहँदा आफ्नै कृति छाप्ने कुरा भएन । आजभोलि एक मित्रले छपाउने कोशिश गर्दैछन् ।

अनि हिले माछा र बाम माछाको अनुसन्धानमा कसरी लाग्नु भो ?
परशुनारायण चौधरी संस्कृति मन्त्री थिए । प्रधानमन्त्री बीपी कोइरालाको निर्देशनमा बम्बईमा एउटा बृहत् ‘नेपाल दर्शन’ प्रदर्शनी तयारी गर्न मलाई उनले अह्राए । छाउनी म्युजियम, वीर पुस्तकालय आदिबाट मैले हराम्रो ऐतिहासिक कला, संस्कृति झल्काउनेगहकिला सामग्री तयार पारें । पूरै एउटा डेकोटा हवाई जहाज चार्टर गरेर हामीले बम्बई पुगी सफल प्रदर्शन गर्यौ । २०१६ सालको कुरा हो यो । जन–नाट्य परिषद्का साथीहरूले हाम्रा मौलिक नाच पनि देखाउनु भो ।

बम्बईको शहर यसो घुम्दै गर्दा, सजावटी माछाहरूको त्यहाँ त उद्योग नै रहेछ, र ठूला ठूला एक्वेरियममा अनेक किसिमका माछा देखेर एकदमै चाख लाग्यो । प्लेनमा लैजान मिलिहाल्यो; अनि मैले चार वटा सानो एक्वेरियम किनें, एउटा आजैसम्म मेरो पढ्ने कोठामा राखेको छु । मेरो पिताजीले भने के यस्तो नचाहिने कुरा बोकेर आएको भनेर हप्काउनुभयो । माछा पनि किनेर ल्याएँ तर यहाँको जाडोमा स्याहार पुगेनछ, पुकु पुकु मरे ।

त्यतिबेलामै कांग्रेस सरकार पनि गयो, मेरो जागिर पनि गयो । अनि समय हातमा हुँदा मैले माछा पालनको सोखलाई शोधमा बदलें, र हाम्रा स्थानीय बाम, हिले र ईल जस्ता प्रजातिको अनुसन्धानमा लागें । तर प्रकाशन भने गर्न पाइनँ ।

१७ असोज, २०६९ मा पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहको प्रवचनमा शिक्षा पद्धतिको चुनौतीमा संस्कृतिलाई अग्रिम स्थानमा राख्नु भएको पाइयो । किन ?
वर्तमान शिक्षा पद्धतिले अजीविकाको काम त देला, खाली जिउने हो भने त अरू प्राणी पनि जिइरहेकै छन् । तर मानव को आत्मालाई भरणपोषण गर्न संस्कृति नभई हुँदैन, र यो कुरा हाम्रो उच्च शिक्षामा खट्किइरहेछ । कसैले नेपाल सानो भनेर भन्छन् तर हाम्रो बहुसंस्कृति अत्यन्त सम्पन्न छ । संस्कृतिलाई विकास र शिक्षाबाट अलग कसरी हेर्न मिल्छ हाम्रो जस्तो देशमा ?

यो टोल छेवैमा कृष्ण मन्दिर हेर्नुस् । एक रात सिद्धिनरसिंह राजालाई कृष्ण भगवान आएर सपनामा भनेछन्, “कति तिम्रो पूजाकोठामा मात्रै राख्छौ, एउटा मन्दिर बनाइदेऊ त !” त्यो त संस्कृतिको कुरा हो नि, तर यसको अर्थतन्त्रसँग कत्रो नजिकको सम्बन्ध रह्यो उतिबेला देखि नै– ढुंगा खानीमा मानिसले काम पाए, लौहकर्मीको एउटा पूरै टोल लागि पर्‍यो, मूर्ति बनाउने कोही निस्किए,गजुरमा लेप लगाउने कोही । अनि मन्दिर अगाडि कात्तिक नाच मञ्चन हुन थाल्यो, मानिसहरू जम्मा भए, शहरको चहलपहल बढ्यो । आज यो पर्यटन उद्योगका निम्ति बलियो आधार बन्न पुग्यो ।

नेपालभरि यस्तै संस्कृतिको वजन छ, कतै रामायणकाल झल्कन्छ, कतै राजवंशीको शान छ, कतै थारूको, कतै शेर्पाको । जताततै विविध र गहन संस्कृतिको मुलुक हो हाम्रो, हामी नागरिकले बुझन सक्नुपर्छ । अझ् शिक्षा दिनेले त संस्कृतिकोगहिराइ र विविधता भित्रै देखि बुझनुपरयो ।

तपाईं एकपटक ‘मूर्ति स्थानान्तरण’ मा पनि लाग्नु भो; बताइदिनुस् न !
धेरैअघिको कुरा हो, मैले पुरातत्व र संस्कृति विभाग छाडिसकेको थिएँ । लाजिम्पाटको खुला चौरमा एउटा विष्णु मूर्ति एक्लै उभिएको थियो, नेपालमा अभिलेखसहितको सबैभन्दा पुरानो मूर्ति । मान देवले ५औं शताब्दीमा अर्पण गरेका । शायद ९० सालको महाभूकम्पमा मन्दिर पूरै ध्वस्त भयो, तर विष्णु भगवान जहाँको तहीं थिए । २०२० सालतिर मूर्ति चोरी शुरू भइसकेको थियो, र यस्तो ऐतिहासिक र उच्चकोटिको मूर्ति चोरी हुने निश्चित थियो । तत्कालै केही गर्नु पर्ने भयो र मैले पुरातत्व निर्देशकलाई भेटेर रातरातै त्यो मूर्ति त्यहाँबाट हटाएर सुरक्षित ठाउँमा पुर्याउन लगाएँ । ‘लौ मूर्ति चोरी भयो’ भनेर हल्लाखल्ला भयो, हामी चूप बस्यौं र अलि साम्य भएपछि त्यो मूर्ति छाउनी राष्ट्रिय संग्रहालयमा पुर्‍यायौं । आज पनि त्यो मूर्ति छाउनीमै छ । हामीले त्यो प्राचीन मूर्तिलाई बचाउन कानून तोडेका थियौं ।

Post navigation

Previous Post:

The original sin

Next Post:

कल्पना पुनःस्थापना, विपना निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes