Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

साना दललाई एक राजनेताको सुझाव!

July 31, 2020 by admin

आज चार प्रमुख शक्तिका नेताले साना दलका नेतालाई भेट्ने कार्यक्रम छ, ४ बजे, अन्तर्राष्ट्रिय सभा गृह को ‘ल्होत्से’ अथवा ‘शंकर’ सभाकक्षमा। एक जना चिन्तित राजनेताबाट साना दलका नेताहरुलाई सुझाव यस्तो रहेछ :

१. चार शक्तिका नेताहरु तपाईंहरु संग सम्वाद गर्न हैन, मात्र आफ्नो तथाकथित ‘सहमति’ सुनाउन आउँदैछन्।

२. अन्तरिम संविधानको पाँचौ संशोधनपछि चार शक्तिको ‘प्रस्ताव’लाई वर्तमान संविधान अन्तर्गतको ‘सहमति’ भन्न मिल्दैन। त्यसैले सहमति भएको छैन, त्यसको लागि त साना दलहरुको पनि ‘ओके’ चाहिन्छ।

३. यदि तपाईंहरुलाई ‘प्रन्या’लाई ‘प्रम’ बनाउने अभियान वस्तुगत तथा प्रक्रियागत दुवै हिसाबले बेठिक लागेको छ भने आफ्नो असहमतिको कुरा चार शक्तिका नेतालाई प्रष्ट भनिदिनुस र बाहिर आएर प्रेसलाई भनिदिनुस।

४. राष्ट्रपतिज्यू संग समय माग गरेर शितल निवास समक्षपनि आफ्नो राय रखिदिनुस।

५. चार शक्तिका नेतालाई ‘प्रन्या’ले भेटिसकेको सन्दर्भमा अब तपाईंहरुलाई पनि उनि संग भेट्न केहिले छेकेन। ‘प्रन्या’लाई भेट्नुस र आफ्नो कुरा राख्नुस, कि संविधान अन्तर्गतको ‘सहमति ‘ नै भएको छैन। ‘प्रन्या’ले समय दिएनन भने त्यही कुरा प्रेसलाई भनिदिनुस।

६. इतिहासले हरेक राजनैतिक खेलाडीको अडानको आज  मुल्यांकन गर्नेछ। कृपया ठूला शक्ति सामु नहच्किनुस।

शुभकमाना !

Post navigation

Previous Post:

Irrelevance of innocence

Next Post:

The reformatting of India

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes