Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

हेमापुर महाविहार, यतवहाः

November 1, 2018 by admin

हिमाल खबरपत्रिका (११-१७ कार्तिक, २०७५) बाट

पाटनढोका अशोक हल नजिकै यतवहाःमा अवस्थित छ, हेमापुर महाविहार । यो महाविहारको अवस्था अहिले जीर्ण छ । तर, यस सम्पदा स्थलको जीर्णोद्धार र पुनर्जागरण गाह्रो भने छैन । सरसफाइ, व्यवस्थापन तथा सुरक्षाका लागि पहल गर्ने हो भने यो जुहारत सम्पदा फेरि चम्कनेछ ।

प्रस्तुत तस्वीरहरूले महाविहारको पछिल्लो अवस्था देखाउँछन्, सँगै यसमै देखिन्छ, भोलिका सम्भावना पनि । छानाको धेरै झिंगटी उप्किएका छन्, कतै टीन लगाइएको छ, कतै आधुनिक टायल । मुख्य आगम यथावत् देखिए पनि १५ वटा टेकोले यसलाई थामेको छ । अघिल्तिरको चोकमा रहेको ऐतिहासिक (शायद लिच्छविकालीन) स्तूपलाई इनामेल पेन्टले विरुप पारेको छ ।

यस्तै विरुप छ, नीलो रङ लगाइएको फलामे छतरीले ढाकिएको स्तूप । चोरीबाट जोगाउन सबैतिर डण्डी र ग्रिलको प्रयोग गरिएको छ । आगम भवनको ठीक अगाडिको वज्र पनि फलामे डण्डीमा कैद छ । यिनै डण्डी र ग्रिलले आगम भवनको अगाडि ढाकेका छन् भने दुई तहका पानी ट्यांकीले भवनको उत्तरी भाग देख्नै नसकिने गरी पूरै ढाकिदिएको छ । मोटरसाइकल, स्कूटरको पार्किङले वहाःमा समस्या थपेको देखिन्छ ।

यति राम्रो, ऐतिहासिक वहाः र महाविहारको दिन फेरि आउला ! अहिले भने टोल सुधार समिति फलामे ग्रिल पछाडि साइनबोर्डमै सीमित देखिन्छ ।

यस समितिले पाटनको यो क्षेत्रको ऐतिहासिकता, अध्यात्म र सम्पदालाई उजागर गरेर यहाँका बासिन्दालाई आत्मीय आनन्द तथा भौतिक सुविधा दिन सफल होला ? यसपालिलाई तस्वीर मात्रको प्रस्तुति ।

Post navigation

Previous Post:

भ्यागुता महात्म्य

Next Post:

खोइ कुहिरो? हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes