ओई यूथ फ़ोर्स!

के हो यस्तो लगातार बन्ध र चक्काजाम ?! कसलाई के भन्न खोजेको ?! यस्तो जनता सताउने कामगर्दा लाज लाग्नुपर्ने हो ! तर लागेको जस्तो देखिएन ! बस्ताबिक शक्ति छ भने एउटा सहभागितापूर्ण आम सभा गरि देखाउत खुला मंचमा ! बन्ध र चक्काजाम त कायरको बाटो त हो! धम्की, मुड़ा र आगजनी द्वारा पसल बन्द गर्न र सड़क खाली गर्न केही गाह्रो कुरा होइन. तसर्थ, यो लगातारको कायर क्रियाकलापले यूथ फ़ोर्स भनेको गुंडागर्दी फ़ोर्स भन्ने बुझाउन्छ ! अनि एमाले पार्टीका बड़ेमान नेताहरुको के राय छ यस विषयमा? किन आम नागरिकलाई यूथ फ़ोर्सले खुल्लम खुल्ला दुक्ख दिंदा चुपचाप रमिते बसेको ?? धिक्कार!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *