हिमाल खबरपत्रिका (१–१५ कात्तिक २०६६ ) बाट
पोखराबाट माछापुच्छ«ेको भिरालो मुहार देख्दा सधैँ लाग्दथ्यो— सीधै यो हिमालको फेदसम्म जान पाए कस्तो हुँदो हो, के पाइँदो हो । यही पुरानो आकाङ्क्षा पूरा गर्न यसपालि दशैँको छुट्टीमा चार दिनको कडा पदयात्रा गरियो— मार्दी र सेती नदीबीचको पहाडी धारलाई पक्रेर माथि–माथि गाउँवस्ती छाड्दै अझ् माथिको ।
पोखरा जत्तिकै उचाइमा रहेको मार्दी फाँट (११२० मिटर) बाट शुरु हुने यो यात्रा छिट्टै एक मात्र रिभान गाउँ पार गर्दै अगाडि बढ्छ र जुका र जङ्गलको संसारमा पुगिन्छ । शरद ऋतु लागिसकेकोले होला धन्न जुकाहरू त्यति आक्रामक थिएनन्, अलि सोमत सिकेका जस्ता थिए । तर ओदानेको डाँडामा भैंसीको राज रहेछ । तल घाचोक र अन्य गाउँबाट छाडा छाडिएका अर्ध–जङ्गली स्वभावका यी चौपायाले ठूलाठूला आँखा पार्दै उत्तेजित भएर हरिण जस्तो बुद्रुक–बुद्रुक उफ्रिँदै उकालो–ओरालो गर्न सिकेका रहेछन् ।
‘अन्नपूर्ण राउण्ड’ पदयात्रालाई मोटर बाटोले असर पारिरहेको अवस्थामा वास्तविक टे«किङलाई बढावा दिन ‘माछापुच्छ«े मोडल ट्रेक’ को नाममा यो क्षेत्रलाई प्रचारमा ल्याइने काम भर्खरै शुरु भएको रहेछ । सन् २००९ कै नयाँ नक्सा हातमा लिएर परिवारसँगसँगै माथि उक्लेको थिएँ म । गाउँवस्ती भन्दा उचाइमा पुगेपछिको लागि पाल र खानेकुरासहित देवानसिंह राई र सहयोगीहरू हाम्रो साथमा थिए ।
उकालो लाग्दै जाँदा अनेकन चिज देख्यौँ, कुनै रोचक कुनै सोचनीय । पूरै यात्राको क्रममा पोखरा उपत्यकाले साथ छोडेन, मात्र उचाइ अनुसार परिप्रेक्ष्य बदलियो । रातको पोखरा शहरको झ्लिीमिली हेर्नलायकको थियो । जोमसोमतर्फ उडेका ट्वीन अटर र डोर्निएर हवाईजहाज भुसुनाजस्तो गरी कालीगण्डकी खोँचतर्फ लागेका देखिए । दक्षिणतर्फ नवलपरासीलाई पहरा दिइरहेको देवचुली डाँडा र अलि पूर्वतिर बन्दीपुरका दुई थुम्का देखिन्थ्यो । तल, पूर्वपट्टि खोँचमा सेती नदी बगिरहेकी थिइन् । शताब्दीयौँ अघि एउटा ‘बिश्यारी’ फुटेर यतैबाट पोखरा उपत्यकाको फाँट बन्न चाहिने ढुङ्गा र माटो गएको भन्ने प्रमाण यहाँ देखिने डिलको बनावटबाट पुष्टि हुन्छ । डिलको लाइन घाचोक र भुर्जुङ गाउँहुँदै माथिसम्म अगाडि बढेको छ । उकाली बाटोमा ठाउँ–ठाउँमा वस्ती र घरजम उठेको, कान्लाहरू जङ्गलमा परिणत भएको प्रमाण पाइए ।
तर मुख्य दृश्यावलोकन त उत्तरतिरको हिमालकै हो । पूर्वपट्टि अन्नपूर्ण–१ लाई अन्नपूर्ण साउथ हिमालले छेक्दथ्यो । पश्चिमपट्टि अन्नपूर्ण–२ को भादगाउँले टोपी नजिकै र उचाइबाट देखियो, अनि लमजुङ हिमाल र अलिपर मस्र्याङ्दी पारिपट्टि गोरखा हिमालको हिमालचुली र बौद्ध चुचुराहरू देखिए ।
तर यति माथि आउनु भनेको माछापुच्छ«ेको लागि थियो । पहिलो रात लाल्का जङ्गलमा क्याम्प गर्दा माछापुच्छ«ेको चुचुरो उस्तै, तर अलि नजिकै पाइयो । भोलिपल्ट ३२४५ मि उचाइको खर्कको खुमाइमा बास बस्दा झ्नै नजिक र पर्सिपल्ट ३६८२ मिटर उचाइको कोर्चन डाँडाको टुप्पामा पुग्दा नाकै छुने गरी सामुन्ने पेश भयो । पोखरादेखि माछापुच्छ«ेसम्म एकै लाइनमा हिँडेको हुनाले हिमालको आकार भने अलिकति पनि फरक देखिएन, मात्र नजिक, झ्न् नजिक । माछाको पुच्छरको आकार हेर्न त पश्चिम लान्द्रुक र घान्द्रुकतिर नै लाग्नुपथ्र्यो । यी गाउँ तलै देखिन्थे ।
यत्रो कसरत गरेर आइसक्दा पनि माछापुच्छ«ेको पूरा कद भने देख्न पाइएन । बुकेनीको अग्लो धारले फेदको दृश्यलाई ढाकेको थियो । ‘तिमीलाई गाह्रो त भयो होला, तर यति सजिलैसँग चारै दिनमा हिमालको फेद पुग्न सक्छु भन्ने ठान्नु तिम्रो महŒवाकाङ्क्षा थियो बाबु’, माछापुच्छ«ेले मैलाई सुनाएर भनेजस्तो लाग्यो । महŒवाकाङ्क्षामा ठेस पु¥याउने अरू कुरा पनि थिए— ३३०० मिटरको उचाइसम्म पुग्दा पनि भैंसीकै बाटो पछ्याएर हिँड्नुपर्दा आफूलाई पराक्रमी पदयात्री कसरी भन्ने ? ठूलै उचाइ र उपलब्धि हासिल गरेको ठानिरहेको बेला एकैदिनमा तल खारपानी गाउँबाट उकालो भ्याएका भेडी गोठालाहरू सुसेली हाल्दै उछिनेर माथि लागेको देख्दा वाल्ल परियो ।
थकाइ मार्न खुमाइमा बसिराख्दा एक भेडी गोठालाले मेरो किताब उठाएर अङ्ग्रेजी शीर्षक फरर पढे अनि थचक्क बसेर गफ गर्न थाले । घाचोकका शिवराम अधिकारी रहेछन्, आफ्नो पिता बितेपछि पृथ्वीनारायण क्याम्पस पोखरामा बीबीएसको पढाइ छाडेर यो कठिन पेशामा लागेका । पहिले दुई वर्ष खाडीमा बिताइसकेका उनलाई त्यहाँको आम्दानीले जाने–आउने ऋण तिर्न मात्र भ्याएछ । उँभो माछापुच्छ«े र मार्दी हिमाल (४१२० मि) को ठ्याक्कै फेदीस्थित बुकेनी खर्कमा उनको भेडीगोठ रहेछ । “आम्दानी राम्रै भएपनि यो काम गाह्रो छ । यसमा एकदमै एक्लो भइन्छ । दाइसँग मिलाएर आउने–जाने गर्छु । यो त भएन भनेर लिबिया जाने सोच पनि बनाएको छु । तर फेरि विदेशको कामभन्दा आफ्नै देशमा इलम गर्नु ठीक पनि लाग्छ”, उनले भने ।
शिवराम अधिकारीको भनाइमा केही वर्षयता आम जनतामा देखिएको सम्भावना र निराशा नै झ्ल्कन्थ्यो । र, यो पनि सोचनीय छ— तमु÷गुरुङ भेकको यो उचाइमा भेटिने यी बाहुन भैंसी र भेडी गोठाला पहिल्यैदेखि यतै थिए, या नयाँ ‘फेनोमेनन्’ हो ? गुरुङहरूको आकर्षण तल्लो भेक, पोखरा र अन्यत्र बढेकोले बाहुनहरू कुरा मिलाएरै यता उक्लिएका हुन् त ? विगतमा पहाडे बाहुनहरू असम र बर्मासम्म ग्वाला बन्दै बसाइँ सरेको सन्दर्भमा त पुख्र्यौली मात्र नभई जातीय पेशा पनि भएकोले माछापुच्छ«ेको फेदमा यो पेशा र यो समुदाय फेला पार्दा आश्चर्य नमान्ने कि ?
माछापुच्छ«ेको उकाली सकेर ओराली लाग्दा यस्तै कुरा मनमा लिएर फर्किएँ । यी प्रश्नहरूको जवाफ मसँग थिएन पनि । हिमाल–पहाडमा आएको मोटर बाटोले ल्याएको परिवर्तन र दूरगामी असर, ट्रेकिङ गन्तव्य र पेशामा देखिएको फेरबदल, बसाइँसराइ र व्यवसायको बदलिँदो सामुदायिक अनुहार— यो विश्लेषण गर्नु मेरो बुताभन्दा बाहिर समाजशास्त्री र अनुसन्धानकर्ताको क्षेत्र थियो । चार दिनको पदयात्रामा विषयवस्तुको आकार मात्र पहिचान गर्न सकिन्थ्यो, गहिराइमा बुझन सक्ने सम्भावना थिएन । र, अर्को कुरा— के परापूर्वकालदेखि नै माछापुच्छ«ेको छेउछाउको यो उचाइमा भैंसी पुगेकै रहेछन् त ?