यत्रतत्र कुइजिन्को स्वाद लिँदा
हिमाल खबरपत्रिका (१६ असोज -१५ कात्तिक २०६८) बाट हाम्रो विवाहपछि मात्र शान्तालाई थाहा भयो शायद, ‘कुइजिन्’को क्षेत्रमा मेरो सांस्कृतिक अल्लारेपन । खाँदा म हाम्ल्याङ्ग हाम्ल्याङ्ग गरेर भुईंचालो आउनै लाग्यो जस्तो गरी प्लेट साफ गर्दोरहेछु, डिश बाहेक अरू केही नदेखेझै गरी । विवाह गर्नुको एउटा फाइदा रह्यो मेरो लागि, शान्तासँग समुद्रपारका ठाउँ–ठाउँमा पुगेर विभिन्न कुइजिन्को स्वाद लिने; …