होइन यो फोहोरी खेल
नागरिक दैनिक (श्रावण ७, २०६७) बाट नयाँ सरकार चयन गर्ने वर्तमान क्रमलाई अधिकांश पर्यवेक्षकले ‘सस्तो सत्तालिप्साको खेल’ चित्रण गरे पनि वास्तवमा यो नेपाली राजनीतिको गम्भीर अभ्यास हो, जसअन्तर्गत शान्तिप्रक्रिया तथा लोकतान्त्रिक मान्यताका विषयमा मूलतः दुई पक्षबीचको प्रतिस्पर्धाबाट राज्य अघिबढ्ने बाटो पहिल्याइँदैछ। प्रधानमन्त्री को बन्ने भन्नु पछाडि दुई मुख्य मुद्दा छन्- माओवादी दलको नागरिकीकरण तथा लोकतान्त्रिक …