निजगढको बदर र सर्वदलीय आक्रोश
अनलाइन खबर(१८ जेठ,२०७९) बाट ‘निजगढ काण्ड’ ले के देखाउँछ भने कोही सप्रनुपर्छ भने आजको नेपालमा, त्यो हो ‘राजनेता’ तप्का। यसको साथै, हचुवाको भरमा निर्णय लिने कर्मचारी, नेता र कन्सल्ट्यान्टलाई समेत जवाफदेहीको कठघरामा उभ्याउनै पर्छ। सही परिवर्तनका बाधक यिनीहरू नै हुन्। १२ गते बिहीबार सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा बनाउन योजना गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको …