न्यायको खोजी, पीडितको जित
नागरिक दैनिक (१० बैशाख, २०६९) बाट नेपाली कांग्रेस तथा एनेकपा (माओवादी) बाट संक्रमणकालीन न्यायबारे भइरहेको खेलबाड द्वन्द्वकालका ज्यादतीकर्तालाई अन्तर्राष्ट्रिय न्यायिक प्रक्रियामा तान्ने खालको छ। नेपालको राष्ट्रिय सेनाको छवि यसले धुमिल बनाउँदै उसको भावी शान्ति सेनामा सहभागितामाथि प्रश्नचिह्न लगाउँछ भने माओवादीले कमाएको प्रभाव र उसको राष्ट्रिय राजनीतिक उत्पत्तिलाई नै अन्ततोगत्वा छेकबार लगाइदिन्छ। ज्यादती भनेको ज्यादती हो। …