Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

एकैरातमा ‘आतङ्ककारी’

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१-१५ पुस ,२०५८ )बाट

देशमा के भइरहेछ अनुमान गर्न गाह्रो छ । सेना ब्यारेकबाट बाहिरिएको छ, तर वास्तवमा के गरिरहेको छ भरपर्दो जानकारी छैन । प्रहरीको आत्मविश्वास पक्कै बढेको छ, तर कहिलेसम्म ? माओवादी सेनासँग भिड्न आफैँ आइरहेका देखिन्छन्, तर हामीले हेर्दा अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिले गर्दा उनीहरूको शक्ति ह्रास हुन गएको छ । यसै त अन्यौलको अवस्था, त्यसमा पनि आपतकालमा सूचना प्रवाह खल्बलिएको कारण पत्रकारिताले देश र जनताप्रति आफ्नो दायित्व निर्वाह गर्न सकिरहेको छैन । यस्तो अवस्थामा केही भन्न सकिने कुराहरू भने छन्ः माओवादीबारेः यदि नेपाललाई अरू देश विशेषगरी भारत सामु निर्बल तुल्याउने लक्ष्य हो भने त्यो प्राप्त गर्न माओवादी सफल भएका छन् । भारतमै आफ्ना कादरको ट्रेनिङ्ग गर्ने, परेको बेला भारतमै लुकिबस्ने र नेपाली राष्ट्रवादको नाममा भारतलाई गालीगलौज गर्ने माओवादी नेताहरूले आखिर (१) नेपाली सिमानामा भारतीय सेना तैनाथ गराए । (२) माओवादीसँग मुकाबिला गर्न भारत सरकारबाटै सहयोग लिन नेपाललाई बाध्य पारे र, (३) नयाँ दिल्लीसँग कैयन् आर्थिक, सामाजिक तथा जलसम्पदा जस्ता विषयमा वार्ता गर्ने क्रममा नेपाली हात कमजोर तुल्याए । के माओवादीले आफ्नो सैद्धान्तिक लक्ष्य पूरा गर्न देशलाई ध्वस्त पार्ने नै सोचेको हो त ? अनि त्यसरी ध्वस्त भएको देशलाई फेरि आफ्नो बुतामा उभिन सक्ने पार्न कति गाह्रो होला, माओवादी नेताले सोचेका होलान् ? सिद्धान्त–कार्यक्रम जे बोके पनि, आखिर नेपालीको जीवनस्तर उकास्न आर्थिक उन्नति हुनै पर्छ, जसको लागि व्यापार, बेचबिखन, उत्पादन, निर्यात आदि नगरी सुखै छैन । तर अर्थतन्त्रको विकासमा दूरगामी सोच राख्नुको साटो माओवादी नेताहरू खाली सजिलैसँग गर्न सक्ने विद्रोहमा लागेका छन् ।

सरकारबारेः सरकारले सङ्कटकालीन स्थितिको घोषणा ग¥यो, सिपाही परिचालन ग¥यो, माओवादीलाई ‘आतङ्कवादी’ को संज्ञा दियो, यो सबै गर्दा उसलाई संविधान–कानूनले दिएको अधिकार प्रयोग ग¥यो । तर मौलिक हक खोसिएका जनता माथि सेना र प्रहरीको ज्यादती हुन गएको खण्डमा त्यसको नेपाली समाजमा पर्न जाने दूरगामी असरप्रति सरकार सजग देखिँदैन । प्रहरी र सेनाको रोल ह्वात्तै बढ्दा मानव अधिकारको हनन् हुने प्रस्ट छ । प्रथमतः शाही नेपाली सेनाको तालिम दुश्मनसँग भिड्नको लागि भएको हुन्छ, त्यसैले ऊ नागरिकहरूसामु पर्दा बढी नोक्सान पर्ने पक्का छ । उता प्रहरी नागरिकसँगै काम गर्दछ, तर गत तीन वर्षसम्म उसले माओवादीद्वारा खपेको मार र मरणको कारण माओवादीको खिलाफमा ऊ उन्मत्त भएर मैदानमा उत्रने सम्भावना छ । अदालत, पत्रकारिता तथा नागरिक समाज सबै कुण्ठित भएको अवस्थामा देशव्यापी सरकारी हिंसा र आतङ्क फैलने सम्भावना हुन्छ, जसले गर्दा यो क्षणमा माओवादीलाई परास्त गरे पनि भविष्यमा कैयन् गुणा अरू विद्रोही जन्मने कुरा निश्चित छ । पत्रकारिताबारेः छ–छ वर्ष लामो माओवादीको हत्या र हिंसा बढ्दै जाँदा काठमाडौँको मध्यम तथा उच्च वर्गलाई केही पिरोलेको थिएन । जब माओवादीले उपत्यकाभित्र पैसा असुल्ने र ५ लाख समर्थक ल्याएर सरकारको खिलाफ विरोध प्रदर्शन गर्ने निर्णय ग¥यो, त्यतिबेला मात्र काठमाडौँका वर्गलाई चिसो पस्यो, अनि यसको आडमा फस्टाएको पत्रकारिता सोझ्ै माओवादीको खिलाफमा उत्रियो । जबकि यसअघि आफ्नो स्वार्थ र केही भयको कारण गर्नुपर्ने जति रिपोर्टिङ र विश्लेषण यसले गरेको थिएन । र, सङ्कटकालको घोषणापछि त दैनिक र धेरै साप्ताहिकका लागि हिजोका माओवादी एकै रातमा आतङ्ककारी भइहाले । यो कस्तो अनौठो ! माओवादी ‘आतङ्ककारी’ हुन् भनेर आज ठोकुवा गर्ने कुनै स्वतन्त्र सम्पादकले त्यसनिम्ति सरकारको घोषणा पर्खिरहनु पर्दैनथ्यो । सङ्कटकाल अघि नै त्यसो भनिदिएको भए बरु सरकार पनि समयमै चेत्थ्यो कि ? प्रजातन्त्रमा पत्रकारिताले पहिला यसरी माओवादीलाई खुसी राख्नुपर्ने र आपतकालीन स्थिति घोषणा हुनासाथ फरक्क संज्ञा बदलिदिए हुने ? यसले राज्य संरचना तर्फ कति झ्ुकेको रहेछ हाम्रो पत्रकारिता भन्ने दर्शायो । आपतकालीन स्थितिको घोषणा लगत्तै सरकारलाई पूर्ण सहयोग गर्ने व्यहोराका सम्पादकीय लेखेर राष्ट्रियस्तरका अखवारहरूले आफ्नो पेशागत दायित्वलाई छेउमा पारिहाल्नुपर्ने जरुरत थिएन । बरु आपतकालीन स्थिति घोषणा हुनासाथ स्वतन्त्र पत्रकारिताको मर्मलाई मर्न नदिने ऐक्यबद्धता प्रकट गरिनुपर्दथ्यो । तर सबै बिग्रिएको छैन । देशमा सङ्कटकाल भर्खर शुरु भएको छ । साहसी, जुक्तिपूर्ण र चनाखो भई पेशागत धर्म जोगाउँदै पत्रकारिता गर्ने ठाउँ र खाँचो दुवै छ ।

Post navigation

Previous Post:

Bahuns and the Nepali State

Next Post:

Beautiful neighbourhood

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes