Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

गंगामाया अधिकारी गंगालाल अस्पतालमा भर्ना

February 28, 2016 by admin

हिमाल खबरपत्रिका (फागुन ०५, २०७२) बाट

वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारीको स्वास्थ्यमा अकस्मात खतरा देखिएपछि चिकित्सक र अधिकारकर्मीको पहलमा उनलाई आज मध्याह्न गंगालाल अस्पतालमा सारिएको छ। १७ महिनाअघि यस्तै स्वास्थ्य अवस्थामा अन्यत्र सार्न कसैले पहल नगर्नु गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको ज्यान जानुको एउटा कारण थियो। गंगामायाको स्वास्थ्यअवस्था बिग्रंदै गएका बेला मानवअधिकार र जवाफदेहीसँग जोडिएको यो सम्वेदनशील ‘केस’ माथि कुनै पनि दलका राजनीतिज्ञले चासो नदेखाउँदा अस्पताल स्थानान्तरण नहुनु आफैमा अर्थपूर्ण हुनपुग्यो।

पहिले देखि बायाँ खुट्टा सुनिएकी गंगामायाको एक हप्ता यता दायाँ खुट्टा पनि सुनिन थालेको थियो, शरीरको रक्तनलीमा रगत जम्ने ‘थ्रम्बोसिस’ स्थितिका कारण । गंगामायालाई तीन वर्षदेखि स्याहारीरहेका डाक्टर-नर्सले उपचारको पहल गरे तर स्थिति झन् जटिल बन्दै गयो ।
चिकित्सकहरुका अनुसार थ्रम्बोसिस भएका व्यक्तिको रक्तनलीमा जमेको रगतको ‘ब्लड क्लट’ रक्तनलीकोे बाटो हुँदै मस्तिस्क, मुटु वा फोक्सोमा पुगेर ज्यान लिन सक्छ। त्यसैले गंगामायालाई उपचारका लागि मुटु तथा कार्डियोभास्कुलर विशेज्ञको सुविधा रहेको गंगालाल अस्पताल लग्नु पर्ने देखिएपछि, वीर अस्पतालले रेफरल पत्र काट्यो । तर, गंगालालको तर्फबाट सहज प्रतिक्रिया आएन, न त राजनीतिक वृत्तले कुनै चासो देखायो ।

गएराति गंगामायाको अवस्था एक्कासी बिग्रियो, सम्बन्धित डाक्टरको भाषामा ‘क्रिटिकल’। उपचारमा संलग्न चिकित्सकले भने, “पल्स एकदम कमजोर छ, थ्रम्बोसिस खुट्टाबाट फैलिएर अपर थाईमा पुगिसक्यो।” वीरका चिकित्सकका अनुसार महिनौसम्म ‘इन्ट्राभेनस’ को भरमा बाँचेका गंगामाया (र स्वर्गे हुनुअघि नन्दप्रसाद) को स्थिति यस्तो ‘युनिक’ रह्यो कि उपचार र हेरचाहको तरिका पहिल्याउन गाह्रो छ । गंगामायाको उपचार तीन वर्षदेखि वीरमा भइरहे पनि यस केसलाई चाहिने नर्सिङ्ग, मेडिकल र सर्जिकल सिपको सुविधा गंगालालमा छ ।

गंगामायाको स्वास्थ्य सामान्य बनाउन रक्तनलीको अवस्था हेर्न ‘आञ्जिओस्कोपी’ गर्नु पर्ने, ‘आईबिसी’ यन्त्र प्रयोग गर्नु पर्ने, क्याथेटर हाल्नु पर्ने, उपचारमा ‘रेसिओ’ मिलाउनुपर्ने हुन्छ। यी सबै कारण उनलाई वीरबाट गंगालाल स्थानान्तरण गर्नु जरुरी थियो। ज्यान खतरामा भएको कुरा बुझेपछि चरण प्रसाई नेतृत्वको अधिकारकर्मी र द्वन्द पीडित टोलीले वीर अस्पतालका वरिष्ठ चिकित्सकको टोली, भिसी डा. गणेश गुरुङ, कामु निर्देशक डा.हरिशचन्द्र उप्रेती, डा. रेवती आर मल्ल लगायत सँग आकस्मिक बैठक गर्‌यो ।
राजनीतिक दलका शिर्षस्थ नेता, मन्त्री र मन्त्रालयलाई नागुहारिकन सिधै ब्वायासयिक हिसाबले फेरि ‘रेफेरल’ गर्ने निधो भयो ।

यसपाली गंगालाल अस्पताल गंगामायालाई भर्ना लिन राजी भयो, खतरा टरेपछि वीर फर्काउने गरी । अहिले गंगामाया बाँसबारीस्थित गंगालाल हृदयकेन्द्रको एमआईसीयू, बेड नम्बर १८ मा छन् ।उनको उपचारमा डा. द्वारिका शर्मा र डा. रवी मल्ल खटिएका छन् ।

Post navigation

Previous Post:

निर्माता पुस्ता

Next Post:

Limits to Indian exceptionalism

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes