‘वर्गशत्रु’ भूकम्पका केही दृश्य
हिमाल खबरपत्रिका (१०-१६ जेठ, २०७२) बाट भग्नावशेषबाट हामीले त्यसरी नै धूलो टकटक्याउँदै उठ्नुछ, जसरी हाम्रा पुर्खा उठेका थिए। लाखौं डिजिटल तस्वीर तथा हजारौं भिडियोले २०७२ को महाभूकम्पलाई दस्तावेजीकरण गरेका छन्। पत्रिका, अखबार, अनलाइन पोर्टल तथा टेलिभिजनद्वारा तत्कालको व्यावसायिक प्रयोग भएको छ भने फेसबुक र ट्वीटर मार्फत पूरै नयाँ हिसाबले भूगर्भको यो प्रकोपको रेकर्डिङ भएको छ। …