मुख खोलौं: जेठमा चुनाव सम्भव छैन
हिमाल खबरपत्रिका (१–१५ चैत २०६३ ) बाट जनता भेडाको बथान होइनन् । विवेकशील नागरिकले अड्कल गर्न थालिसकेका छन्, जेठमा संविधानसभा चुनाव हुन सक्तैन । वरिष्ठ नेता गिरिजाप्रसाद कोइरालाले आफ्नो ‘पर्सनालिटी’ को बलमा संविधानसभा चुनाव जेठमा गराउन अडान लिनुभएको छ । पुष्पकमल दाहालले सरकारमा पुग्नका लागि मात्र “जेठमा चुनाव ! जेठमा चुनाव !” दोहोर्याइरहेजस्तो लाग्छ । …