स्थानीय भूकम्प, स्थानीय निकाय
हिमाल खबरपत्रिका (२०-२६ वैशाख २०७२) बाट राष्ट्र पुनःनिर्माण कार्यक्रमको लागि पनि अपरिहार्य बनेको छ– एउटा संविधान र स्थानीय निकायको निर्वाचन। जब भूगर्भमा रहेको उपमहाद्वीपीय ‘प्लेट’ तिब्बती ‘प्लेट’ सँग घिसि्रयो; कम्पन चल्यो, भूसतहमा भवन ढले, धूलो उड्यो, ज्यान बित्यो। ‘प्रकृतिलाई मानिस चाहिंदो रहेनछ’, धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु श्रेष्ठले भने। हुन पनि भूगर्भको यस्तो कठोर …