कति ताली बेइजिङलाई?
हिमाल खबरपत्रिका (१२ असोज, २०७८) बाट ‘चीनलाई नचिढ्याऔं’ भन्ने चिन्तन र लत्रिहाल्ने हजुरिया प्रवृत्तिका कारण चिनियाँ मामिलामा नेपाली मौनता मात्र देखिएको छैन, दुई देशबीचको सम्बन्ध कमसल बन्ने बाटोमा छ। भारतलाई नेपाल त्यो असल छिमेकको स्थानमा राख्न चाहन्छ, जसले यहाँ हस्तक्षेपको हात नबढाओस्। चीनसँग पनि त्यही चाहना छ- नेपालको मित्र रहिरहोस्, देशको आन्तरिक मामिलामा क्रियाशील नबनोस्। …