सगरमाथाको भागबण्डा
हिमाल खबरपत्रिका (८-१४ साउन, २०७४) बाट सर्वोच्च शिखरको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि भएको हो– आधा आधी गरी । कतारका राजदूतले ४ साउनमा सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको तस्वीरभित्र भित्तामा अर्को ठूलो तस्वीर देखिन्छ, सगरमाथाको (अर्थात् चोमोलोङ्मा या एभरेष्ट) । त्यो नेपालपट्टिको नभई सगरमाथाको उत्तरी मोहडा (अर्थात् तिब्बत–चीन भू–भागमा पर्ने) को तस्वीर थियो । सरकारप्रमुखको अफिसमा यतातर्फको …