मूर्ति फर्काऊ अभियान
हिमाल खबरपत्रिका (१–१५ फागुन २०६८) बाट सन् १९६० को दशकमा काठमाडौँका बहाः, बही, टोल, गल्ली र चौर-मैदानबाट मूर्ति चोरी हुन थाल्यो। हाम्रा उमामहेश्वर, बुद्ध भगवान्, तारा, भैरव स्थानीय फटाहाले चोर्यो र दलाललाई बुझायो, अनि दलालले अन्तर्राष्ट्रिय आर्ट डिलरलाई बेच्यो। अनि मूर्तिहरू पुगे समुद्रपार, या धनाढ्यका प्राइभेट कलेक्सन सजाउन या त ठूला ठूला कला सङ्ग्रहालयको एसियन कक्षको …