हिमाल खबरपत्रिका

|

हिमाल खबरपत्रिका (१६–२९ मङ्सिर, २०५९ )बाट ४ मङ्सिरका दिन; पाटन पुल्चोकको एक सभाकक्षमा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले एउटा गोष्ठी गरेको थियो । विषय चाहिँ अपाङ्गहरूलाई सार्वजनिक ठाउँमा हिँड्न र काम गर्न आवश्यक संरचनाको व्यवस्थाबारे थियो । जस्तै, फूटपाथमा ह्वीलचेयर चलाउने सुविधा, सार्वजनिक बाथरुममा विशेष उपकरणको जडान । त्यहाँ बस्दाबस्दै मलाई लाग्यो; यस्ता सम्वेदनशील विषयतर्फ
Read More

|
अवस्था र आस

हिमाल खबरपत्रिका (१६ असोज -१५ कात्तिक ,२०६० )बाट देश र जनताको हालत बिगार्नु र बिगार्दै जानुमा कसैको लुक्ने ठाउँ छैन, नेतृत्वपङ्क्तिमा बसेकाहरूको । सबै क्षेत्रका ‘उच्चतम्’ व्यक्तिव्यक्तिले यो हालमा हामीलाई ल्याइपुर्याएका छन्, र राजनीतिक पार्टीहरूलाई मात्र निरन्तर प्रहार गरेर कसैले पत्याउने अवस्था छैन । हरेक क्षेत्रको नेतृत्व वर्गले नेपालको वर्तमान र निकट भविष्य मासेको छ । सबैलाई यसरी
Read More

हड्सन्को खोजी

हिमाल खबरपत्रिका (१६-३२ साउन ,२०६०)बाट त्रिभुवन विश्वविद्यालयका एक अनुसन्धाता नेपालका लागि एक ब्रिटिश आवासीय दूतका पुराना लिखतहरूमाथि घोत्लिन थालेपछि नेपाली इतिहासका मूल्यवान् तथ्यहरू उद्घाटित हुन थालेका छन् । नेपालका लागि तत्कालीन ब्रिटिश आवासीय दूत ब्रायन हटन् हड्सन् (सन् १८००–१८९४) का अभिलेखबाट नेपाली इतिहासका मूल्यवान् तथ्य र खजाना फेला परेका छन् । ‘इण्डिया अफिस कलेक्सन’ का दस्तावेजहरू सङ्गृहीत
Read More

हिमाल खबरपत्रिका (१६-३० जेठ ,२०६० )बाट समाजमा परिवर्तन ल्याउन भौतिक क्रियाकलापभन्दा विचार र चिन्तनको बढी महत्व हुन्छ । सूचनाको निष्पक्ष विश्लेषण गरी तथ्य र तर्कलाई प्राथमिकता दिए समाजमा स्वतः विकास आउँछ । तर, सम्वेदनशील विषयमा अक्सर नेपाली समाजले गहिरिएर हेर्दैन । कुनै कुरा अप्ठेरो लाग्यो भने बरु पन्छाएर अगाडि बढ्न खोज्दछ । तथ्य केलाउनुको साटो
Read More

|
काम शुरु गर्ने बेला

हिमाल खबरपत्रिका (१६–३० फागुन ,२०५९ )बाट यदि माओवादी नेतृत्वले साँच्चिकै हतियार बिसाउने विचार राखेको हो, राजनीतिक दलहरूले देशको भविष्यका लागि सोच्ने हो, र नारायणहिटी दरबारले आफू वरिपरिकाहरूका महत्वाकांक्षालाई नियन्त्रण गर्ने हो भने अब देशमा काम गर्ने बेला भयो, विलाप गर्ने बेला गयो । मुलुकमा शान्ति कायम राख्न केवल राजा र राजनीतिज्ञको भर परेर धेरै उपलब्धि
Read More

|
नदीबाट एक अञ्जली

हिमाल खबरपत्रिका (१६ असाेज – १५ कात्तिक, २०५९)बाट विश्व घटनाक्रम र वैचारिक क्रियाकलापबाट हामी नेपाली वञ्चित छौँ । साक्षर भएर पनि शिक्षा र सूचना हासिल गर्न हामीलाई गाह्रो छ, किनभने आधुनिक युगसँग मुकाविला गर्न चाहिने स्पेनिस, फ्रेञ्च, जर्मन या अङ्ग्रेजी जस्ता युरोपेली भाषाहरू हामीसँग छैनन् । तसर्थ, समयको गति र आधुनिक संसारको वैचारिक मेलामा हामी
Read More

|
भाग्ने ठाउँ

हिमाल खबरपत्रिका (१६–३१ भदौ ,२०५९)बाट थाइको एयरबस विमानमा हामी ३१,००० फीटको उँचाइमा जलमग्न बङ्गलादेश माथि उडिरहेका छौँ । एक महिनाअघि मात्र म भूमार्ग हुँदै यही बाटो आएको थिएँ, काठमाडौँदेखि ढाकासम्म, तर अहिले यो हवाईजहाज ब्याङ्ककतर्फ लाग्दैछ । मेरो सीट ‘५०–ए’ को अगाडि ‘४९–ए’ र ‘बी’ मा काठमाडौँका समृद्ध परिवारका दुई केटी अङ्ग्रेजीमा कुरा गर्दैछन्, अमेरिका
Read More

किन नजाने बङ्गलादेश घुम्न ?

हिमाल खबरपत्रिका (१६–३१ साउन ,२०५९  )बाट छिमेकी राष्ट्र बङ्गलादेश नेपालको दक्षिणपूर्वी कुनाबाट ३० किलोमिटर मात्र टाढा छ । धेरै वर्षको प्रयासपछि पाँच वर्ष पहिले भारतीय भू–भाग भएर काकडभिट्टाबाट फुलवारी हुँदै बङ्गलादेशको बङ्गलाबन्धसम्म सामान ढुवानी गर्न पाउने अनुमति पनि नेपाललाई प्राप्त भइसकेको छ । तर पनि नेपाल र बङ्गलादेशबीच निजी गाडी चल्दैनन् । मानिसका विचारमा “बाटो
Read More

रोल्पा प्रत्यक्षदर्शनः जनता

हिमाल खबरपत्रिका (१–१५ असार, २०५९ ) बाट पूर्वी रोल्पाको सुलिचौरबाट थवाङ जाने गोरेटोमा हिँड्नेहरू स्वाभाविक लाग्दैनन् । “ओ ! दाइ, को हौ, कताबाट आ’को, किन आ’को”, बाटोका सहयात्रीलाई सोध्ने रमाइलो बानी यहाँ हराएको छ । यो अस्वाभाविक नेपाल हो, जहाँ महिला र बालबच्चा पनि केही नबोली, आँखा यताउता नलगाई बाटो लाग्छन् । चिया पसलमा एक
Read More

हिमाल खबरपत्रिका (१६–३१ जेठ , २०५९)बाट काठमाडौँ उपत्यका र खासगरी शक्ति र सम्पन्नताको रिङ्गरोडीय घेराभित्र मस्त पाटन–काठमाडौँका शहरिया भलाद्मीले आफ्नो मात्र राम्रो हेर्ने गर्छन् । भञ्ज्याङ्ग बाहिरको नेपालको आकार, जतिकै संरचना र सञ्चारको विकास भए पनि, उपत्यकावासीको सोचाइमा राणाकालीन अवस्थामै छ । देशका सबै कुनाबाट आएका नवआगन्तुकले पनि ‘नेपाल खाल्डो’ मा जरो गाड्ने होडमा बाहिरका
Read More